२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेरिस ओलम्पिक: खेल बराबरमा सकिएको दुई घण्टापछि मोरक्कोसँग अर्जेन्टिना पराजित



अ+ अ-

एजेन्सी । पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलअन्तर्गत समूह ‘बी’ को खेलमा मोरोक्कोले अर्जेन्टिनालाई २–१ पराजित गरेको छ । विवाद र अन्योलबीच खेल सकेको दुई घण्टापछि अर्जेन्टिना हारेको निर्णय सुनाइएको थियो । खेल सकिएको दुई घण्टापछि रङ्गशाला खाली गराई मोरक्कोले खेल जितेको निर्णय दिइएको हो ।

अर्जेन्टिना र मोरक्कोबीचको खेल इन्जुरी समयमा २-२ बराबरी भएको थियो । विवादित भएको खेलको दोस्रो हाफमा १६ मिनेट इन्जुरी समय थपिएको थियो । जुन इन्जुरी समयको अन्त्यमा अर्जेन्टिनाका मेडिनाले बराबरी गोल गरेका थिए ।

उक्त गोललाई लिएर मोरक्कोका खेलाडीले विरोध गरेका थिए भने कतिपय मोरक्कोका समर्थक मैदान प्रवेश गर्दा स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो। स्थिति तनावग्रस्त भएपछि खेलाडीहरूले मैदान छाडेका थिए। आयोजकले सबै दर्शकलाई रंगशाला छाड्न भनेको थियो ।

दुई घन्टापछि मेडिनाले गरेको उक्त गोल भिडिओ असिस्टेन्ट रेफ्री (भिएआर) मार्फत् अमान्य रहेको घोषित गरिएको थियो । रिभ्यूमा हेर्दा मेडिनाभन्दा अगाडि एक खेलाडी अफसाइड पोजिसनमा देखिए ।  त्यसपछि तीन मिनेट बिनादर्शक खेल सञ्चालन गर्दा कुनै गोल गर्न नसक्दा अर्जेन्टिना खेलमा २–१ गोलले पराजित भयो ।

मोरक्कोका लागि सौफियानले दुवै गोल गरेका थिए। उनले पहिलो हाफको इन्जुरी समयमा पहिलो गोल गर्दा ५१ मिनेटमा पेनाल्टीबाट अग्रता दोब्बर पारेका थिए । अर्जेन्टिनाका लागि सिमोनले ६८ मिनेटमा गोल गरेका थिए ।