काठमाडौँ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको लाभांश आवेदन भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि पुस ५ गतेदेखि पुस ९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पौष २ गते, बिहीबार) सम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीको मंसिर २५ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई कर सहित ५.२६३ प्रतिशतले हुन आउने ६ करोड ५ लाख २६ हजार ३ सय १५ रुपैयाँ ८ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश कम्पनीको पुस २२ गते बुधबार हुन लागेको वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ ।