३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय शोकमा पनि विभेद ! आफ्नै नागरिकलाई दुई दर्जा किन ?



अ+ अ-

काठमाडौं । त्रिभुवन विमानस्थलमा बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज राष्ट्रिय झन्डा आधा झुकाइँदै छ । विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो ।

यसअघि गत २७ गते चितवनको सिमलटारमा दुई वटा यात्रुवाहक बसलाई पहिरोले त्रिशूलीमा नदीमा खसाल्दा ६२ यात्रु बेपत्ता भएका थिए । उनीहरुमध्ये अहिलेसम्म २४ जनाको शव भेटिएको छ, बाँकी यात्रु बेपत्ता छन् । तर सरकारले समवेदनाबाहेक केही दिएन ।

विमान र बसमा यात्रा गर्नेहरुलाई सरकारले विभेद गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेका छ । सिमलटार बस दुर्घटनामा परेकाहरुप्रति सरकारले चुँसम्म बोलेको छैन । एकै पटक ६२ जना यात्रु बेपत्ता हुँदा प्रधानमन्त्री त के मन्त्रीहरुसम्म घटनास्थलमा पुग्न सकेनन् । मृतकका परिवारलाई भेटेर आश्वासन दिनसम्म उनीहरुलाई फुर्सद भएन । जबकी त्रिभुवन विमानस्थलमा विमान दुर्घटना हुँदा प्रधानमन्त्री, गृहमन्त्री, अन्य मन्त्रीदेखि उच्च पदस्थ कर्मचारीको स्थलगत अवलोकन गर्ने भीड नै लागेको थियो ।

त्यति मात्र नभएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएकोप्रति सरकारले राष्ट्रिय शोक नै घोषणा गरी राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ । बस र विमान जे दुर्घटना भए पनि मानवीय क्षेत्र भएको छ । बसमा यात्रा गर्ने जीवनको मूल्य जति हुन्छ, विमानमा गर्नेको पनि उत्ति नै हो । तर सरकारले नागरिकमाथि नै विभेद गरेको छ ।

सिमलटार बस दुर्घटनाबारे छानबिन गर्न बेवास्ता गरेको सरकारले विमान दुर्घटना भएलगत्तै मन्त्रिपरिषद्को बैठक राखेर छानबिन आयोग गठन गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो ।

सुमनको संयोजकमा गठित समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउने म्याद दिइएको छ । आगामी दिन यस्ता दुर्घटना हुन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरिएको हो ।

त्यस्तै आगामी दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक तर्फका सवै वायुसेवा कम्पनीहरूले जहाजको अनिवार्य परिक्षण गर्ने र नागरिक उड्ययन प्राधिकरणले सघन अनुगमन गर्नुपर्ने निर्णय गरेको छ ।