१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

नेपालको वीरता र सौर्यको इतिहास विश्वमा प्रचार गरौँः राष्ट्रपति

नेपालको वीरता र सौर्यको इतिहास विश्वमा प्रचार गरौँः राष्ट्रपति
अ अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वीर पूर्खाहरूको साहस, वीरता र सौर्यका कारण नेपाल सधैँ स्वतन्त्र राष्ट्र रहेकाले यस्तो गौरवपूर्ण इतिहासलाई विश्वमा प्रचार गर्न आग्रह गर्नुभएको छ ।

राष्ट्रिय विभूति भीमसेन थापाको २५०औँ जन्मजयन्तीको अवसरमा शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले नेपाल आदिकालदेखि दक्षिण एसियामा एक मात्र स्वतन्त्र राष्ट्र रहन सफल भएको बताउनुभयो । “भीमसेन थापाको दुःखान्त जीवन सुन्दा नेपालको अभिशप्त इतिहासको पनि झल्को आउँछ”, उहाँले भन्नुभयो, “नेपालको गौरवपूर्ण इतिहासलाई गोलमटोल र लुकाइएको पनि छ, त्यसको सत्यतथ्य यथार्थ रूपमा विश्वमा प्रचार गर्न आवश्यक छ ।”

राष्ट्रपति पौडेलले इतिहासको जगमा उभिएको वर्तमानमा टेकेर भविष्यतर्फ अगाडि बढ्नु उपयुक्त हुने धारणा राख्नुभयो । “हाम्रा वीर पूर्खा र अग्रजहरूकै सुझबुझ पूर्ण योगदानकै कारण नेपाल एक स्वतन्त्र, सार्वभौम र अखण्ड राष्ट्रका रुपमा पाएका छौँ, यसमा टेकेर समृद्ध र सबल राष्ट्र निर्माणमा जुट्न आवश्यक छ”, राष्ट्रपतिले भन्नुभयो ।

यसैगरी उहाँले आफ्नो शासनकालमा सामाजिक, आर्थिक र कानुनी क्षेत्रमा सुधार गरी सेनालाई आधुनिकिकरण गराउन, सामाजिक सुधारका कार्यअन्तर्गत कैयौँ कुप्रथा र कुसंस्कारको अन्त्यमा योगदान दिनुभएका राष्ट्रिय विभूति भीमसेन थापा एक प्रेरक व्यक्तित्व हुनुहुन्थ्यो भन्नुभयो । भीमसेन थापाकै राष्ट्रवादी अडानका कारण नेपाल स्वतन्त्र रहन सकेको राष्ट्रपतिको भनाइ थियो । विभिन्न जातजाति, भाषाभाषी, संस्कृति र परम्परा रहेको हाम्रो देशमा सबै नेपालीबीच आपसी मित्रता, मेलमिलाप र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई अझ सुदृढ गराउनु आजको आवश्यकता भएको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो । “अनेकतामा एकता र भौगोलिक विविधता हाम्रो मौलिकपन हो, यही मौलिकपनले सदियौँदेखि हामीबीच राष्ट्रप्रेमको भावनालाई जागृत र जीवन्त बनाउँदै सबै नेपालीलाई एकताको सुत्रमा बाँधेको छ भन्ने मलाई लाग्दछ”, उहाँले भन्नुभयो ।

राष्ट्रपति पौडेलले राष्ट्रिय एकताको जगमा नै जनचाहना अनुरूप उत्पादन, रोजगारी र सुशासन कायम गरी हामीले अवलम्बन गरेको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीलाई अझ सुदृढ र व्यवस्थित गरी आर्थिक रूपमा समृद्ध र विकसित नेपाल निर्माण गर्नेतर्फ हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल राष्ट्रको स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षाको लागि योगदान पुर्‍याउनुभएका राष्ट्रवादी एवं स्वाभिमानी राष्ट्रसेवकको स्मृतिमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले पुरस्कार एवं सम्मानको व्यवस्था गरेर उदारणीय कार्य गरेको उहाँको भनाइ थियो ।

त्यसअवसरमा राष्ट्रपति पौडेलले मृगेन्द्र सम्झना चिकित्सा गुठीलाई रु एक लाख एक हजार एक सय ११ राशिसहितको सम्मान एवं पुरस्कार प्रदान गर्नुभयो । गुठीले विशेष गरी कर्णाली क्षेत्रका विपन्न परिवारका बालबालिकाको स्वास्थ्यका लागि गरेको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष पार्थिवेश्वरप्रसाद तिमिल्सिना, उपाध्यक्ष त्रिरत्न मानन्धर, सदस्य प्राध्यापक राजेश ढुङ्गाना, मृगेन्द्र सम्झना चिकित्सा गुठीका संस्थापक डा मृगेन्द्रराज पाण्डे, पूर्वराजदूत प्राध्यापक मोहनप्रसाद लोहनीले राष्ट्रको स्वाभिमान जोगाउनका लागि भीमसेन थापाले गरेको योगदानबारे चर्चा गर्नुभयो ।
त्यसअवसरमा प्रतिष्ठानद्वारा प्रकाशन गरिएको भिमसेन थापासँग सम्बन्धित ऐतिहासिक दस्तावेजको सङ्ग्रह राष्ट्रपति पौडेललाई अर्पण गरिएको थियो । रासस