१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली

ओझेलमा १२ बण्ड १८ खण्डको रामारोसन ताल

ओझेलमा १२ बण्ड १८ खण्डको रामारोसन ताल
अ अ+ अ-

मान्म । अछाम जिल्लाको रामारोसन गाउँपालिका–५ मा रहेको रामारोसन ताललाई १२ बण्ड १८ खण्ड ताल भनेर चिनिन्छ । अछामको पूर्वीउत्तर र कालीकोटको पश्चिम क्षेत्रमा पर्ने रामारोसन क्षेत्र समुद्री सतहबाट दुई हजार ५० मिटरदेखि तीन हजार सात सय ९२ मिटर उचाइमा पर्दछ ।

पर्यटनको प्रचुर सम्भावना बोकेको अछामको रामारोशन क्षेत्रमा १२ ताल र १८ वटा खण्ड छन् । तीमध्ये संरक्षणको अभावमा १० वटा सुकिसकेका छन् ।

यस क्षेत्रको प्रमुख पर्यटकीय क्षेत्र मानिएको उक्त तालको आवश्यक संरक्षण, संवर्द्धन र उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको रामारोसन–५ अमर साउदले बताउनुभयो । “साना ठुला गरी १२ ताल र १८ पाटन खण्ड छन्”, उहाँले भन्नुभयोे, “यो क्षेत्र १२ बण्ड, १८ खण्डका नामले पनि चिनिन्छ । संरक्षण नहुँदा यहाँका ताल सुक्दै गएका छन् ।”

यहाँका प्रमुख तालमा जिगल्ले, बाटुल्ला, लामिदह, लिस्सेडाली, ताउले, तल्लो धउने, माथिल्ला धउने, गाग्रे, डउठेखाल, दल्याना, रामे र गेराहा रहेका वडाध्यक्ष केशरबहादुर शाहले बताउनुभयो । उहाँका अनुसार तल्लो धउने, माथिल्लो धउने र लिस्सेडाली सुक्दै गइरहेका छन् ।

“तालहरुको संरक्षण हुन नसक्दा ताल पुरिन थालेका छन्”, वडाध्यक्ष शाहले भन्नुभयो, “अहिले पर्यटन पूर्वाधार विकासका काम भइरहेकाले तालको पनि संरक्षणमा जोड दिएका छौँ ।”

अछाम जिल्लाको उत्तरमा अवस्थित रामारोशन क्षेत्र प्रकृति प्रेमीका लागि सुन्दर र रमणीय रहेको भन्दै कालीकोटबाट रामारोसन जोड्ने पर्यटकीय सडक निर्माण भइरहेको कालीकोट नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताउनुभयो ।

“रामारोसन र बडिमालिकालाई पर्यटकीय क्षेत्र जोड्ने सडक निर्माण गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “यो क्षेत्र पर्यटनको दृष्टिकोणले प्रचुर सम्भावना बोकेको छ । यहाँका पचाल झरना बडिमालिका, रारातालसँग पर्यटन मार्ग बनाउन लागेका छौँ ।”

बाह्र तालमध्ये रामे, लामोदय, ताउल्या, जिङगल्या, गाग्रा र १८ खण्डमध्ये किनीमिन्नी मैदान फाँट र रामारोशन मैदान फाँट अन्यभन्दा आकर्षित र मनमोहक रहेका रामारोसन–५ का खड्क रोकायाले बताउनुभयो ।

“उत्तरी खण्डको चट्टानी पहाडले झन आकर्षक छ । घना जङ्गलले भरिएको यस क्षेत्रमा डाँफे, मुनाल, कालिजलगायत चराचुरुङगी, कस्तुरी बाघ, भालु, मृगलगायत वन्यजन्तु, पाँचऔँले, पदमचाल जस्ता महत्वपूर्ण जडीबुटी पाइन्छन्”, उहाँले भन्नुभयो । रोकायाका अनुसार गर्मीको समयमा तराईबाट गर्मी छल्न रामारोशन क्षेत्र आन्तरिक पर्यटक बढी आउने गरेका छन् ।

अहिले रामारोसन ताल छेउमा केही होटेल व्यवसाय सञ्चालन भइरहेकाले विगतको भन्दा बढी पर्यटक आउने गरेका गाउँपालिकाका पूर्वउपाध्यक्ष सरस्वती रावलले बताउनुभयो । “आन्तरिक पर्यटक केही मात्रामा आउने गरेका छन्”, उहाँले भन्नुभयो, “अझैँ पनि बाह्य पर्यटक ल्याउन सकिएको छैन । यसको प्रवर्द्धन गर्न सके पश्चिम नेपालकै पर्यटकीय गतिविधि बढ्दै जाने थियो ।”रासस