२४ मंसिर २०८२, बुधबार
,
Latest
सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम क्रियाशील सदस्यता टुंग्याउन कांग्रेसद्वारा परिपत्र जारी जेनजी आन्दोलनका सहिद परिवारको मागः छानबिन होस् र छिटो न्याय पाइयोस् लाटोकोसेरो संरक्षित क्षेत्र बन्यो बास्कुना आईपीएल २०२६ को अक्सनका लागि ३५० खेलाडीहरू सर्टलिस्टमा ‘पूर्ण बहादुरको सारङ्गी’ र ‘परान’ पछि यसैगरी मन जित्ने अर्को चलचित्र ‘मिरमिरे’ आउँदै चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु कुखुरामा ‘एनेमिया भाइरस’ भेटियो १८ दिनका लागि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहयोगीले नै गरेका थिए पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या



अ+ अ-

काठमाडौँ । पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या सहयोगीले गरेको प्रहरीको निष्कर्ष छ ।

पूर्वराज्यमन्त्री राय साउन ७ गते सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै घरमा मृत फेला परेका थिए ।

अनुसन्धानको क्रममा घरमा सहयोगीको रूपमा कार्यरत २१ वर्षीय राम उजेन रायले उनको हत्या गरेका खुलेको छ । आरोपी राम उजेनले प्रहरीसँग हत्या गरेको स्वीकारेका छन् ।

पूर्वमन्त्रीले गाली गरेपछि आवेशमा हत्या हुन गएको उनले बयानमा बताएका छन् । राम उजेनले आफू राज्यमन्त्री रायसँगै बस्दै आएको र घरको काम बिगारेको भन्दै गाली गरेपछि आवेशमा फर्सेले हिर्काएर हत्या गरेको बताएका छन् । साथै उनले ,घटना हुनुअघि राति घरमा ३ जना मानिसहरू आएको र पूर्वराज्यमन्त्रीको आग्रह अनुसार आफूले ओछ्यान मिलाइदिएको पनि बताएका छन् ।

यद्यपी, पोलिग्राफ परीक्षण गर्दा उनले झुट बोलेको देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एक जना अधिकृतले बताए ।