१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली

बागमती प्रदेशका क्यान्सरपीडितलाई रु एक लाख सहयोग: स्वास्थ्यमन्त्री थापा

बागमती प्रदेशका क्यान्सरपीडितलाई रु एक लाख सहयोग: स्वास्थ्यमन्त्री थापा
अ अ+ अ-

भक्तपुर । बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री किरण थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई स्वास्थ्य उपचारका लागि रु एक लाख सहुलियत प्रदान गर्ने निर्णय गर्नुभएको छ ।

आज पदबहाली गर्दै मन्त्री थापाले बागमती प्रदेशभित्रका विपन्न परिवारका क्यान्सरपीडितलाई प्रदेश सरकारले रु एक लाख सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

मन्त्री थापाले भन्नुभयो, “विगतमा प्रदेश सरकारले विपन्न परिवारका क्यान्सरपीडितलाई रु ५० हजार सहयोग गर्ने गरेको थियो । अबदेखि रु एक लाख दिने निर्णय गरेको छु ।” उहाँले यसबापतको आर्थिक दायित्व भुक्तानीका लागि रु ११ करोड  बजेट सुनिश्चित हुनुपर्ने भएकाले सो बजेटका व्यवस्थाका लागि नियमानुसार मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिने बताउनुभयो ।

त्यसैगरी, मानसिक एवं नसर्ने प्रकृतिका रोगको रोकथाम तथा न्यूनीकरणका लागि जिल्लास्तरीय समन्वय समिति गठन गर्ने निर्णय गरेको जानकारी दिँदै स्वस्थ्यमन्त्री थापाले भन्नुभयो, “मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियानलाई अब बागमती प्रदेशका सबै पालिका तहमा पुर्‍याई जनचेतना अभिवृद्धि कार्यक्रममार्फत प्रदेशवासीको स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गरिनेछ ।”

भक्तपुर क्षेत्र नं २ ९क० बाट प्रदेशसभा सदस्यमा निर्वाचित नवनियुक्त स्वास्थ्यमन्त्री थापा पहिलोपटक मन्त्री हुनुभएको हो । रासस