३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमान दुर्घटनाबारे उड्ययन प्राधिकरणसँग प्रधानमन्त्री ओलीले लिए ब्रिफिङ



अ+ अ-

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिफिङ लिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित नागरिक उड्ययन प्राधिकरणको उद्दार समन्वय केन्द्रमा पुगेर प्रधानमन्त्री ओलीले ब्रिफिङ लिएका हुन् । त्यसअघि उद्धार र दुर्घटनाको अवस्था बुझ्न घटनास्थल पुगेका थिए ।

घटना लगत्तै गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रप्रसाद पाण्डेसहित उच्च अधिकारीहरु पनि दुर्घटनास्थल पुगेका थिए । निरीक्षणपछि गृहमन्त्री लेखकले दुर्घटनाबारे विस्तृत छानबिन गर्ने बताए ।

बुधबार काठमाडौंबाट पोखरा जाँदै गरेको ९ एन–एएमई सीआरजे ७ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा दुर्घटना भएको थियो । सो दुर्घटनामा परी १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ । दुर्घटनाबाट बाच्न सफल भएका पाइलट मनिषरत्न शाक्यको काठमाडौँ मेडिकल कलेजमा उपचार भईरहेको छ ।