काठमाडौँ । बिहिबार देशभर ७७६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६ हजार ५८८ जनाको पीसीआर परीक्षणमा ३०८ जना महिला र ४६८ जना पुरुषसहित ७७६ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा हालसम्म २ लाख ५१ हजार ६९२ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९४७ जना कोरोनामुक्त भएसंगै संक्रमणमुक्त भइ २ लाख ४० हजार ३६३ जना घर फर्किसकेका छन् ।
यस्तै हालसम्म पीसीआर परीक्षणको संख्या १८ लाख ५५ हजार ७२४ छ । देशभरी सक्रिय संक्रमितको संख्या ९ हजार ५८० छ । क्वारेन्टाइनमा रहनेको संख्या ४४४ रहेको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७४९ पुगेको छ ।
त्यसैगरी २४ घण्टामा ६ जनाको मृत्यु भएको छ ।











