१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ७७६ जनामा संक्रमण पुष्टि, ९४७ जना कोरोनामुक्त



अ+ अ-

काठमाडौँ । बिहिबार देशभर  ७७६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६ हजार ५८८ जनाको पीसीआर परीक्षणमा ३०८ जना महिला र ४६८ जना पुरुषसहित  ७७६ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा हालसम्म २ लाख ५१ हजार ६९२ जनामा कोरोना संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९४७ जना कोरोनामुक्त भएसंगै संक्रमणमुक्त भइ २ लाख ४० हजार ३६३ जना घर फर्किसकेका छन् ।  

यस्तै हालसम्म पीसीआर परीक्षणको संख्या १८ लाख ५५ हजार ७२४ छ । देशभरी सक्रिय संक्रमितको संख्या ९ हजार ५८० छ । क्वारेन्टाइनमा रहनेको संख्या ४४४ रहेको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७४९ पुगेको छ । 

त्यसैगरी २४ घण्टामा ६ जनाको मृत्यु भएको छ ।