२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो



अ+ अ-

बैतडी। बैतडीको गैराखानमा भएको बस दुर्घटनामा परी घाइते हुनेको सङ्ख्या २० जना पुगेको छ ।

धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस आज दिउँसो ३ः३० बजे बैतडीको पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार बस सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो । दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सेनाले बताउनुभयो । उहाँका अनुसार पाटन–६ का ३१ वर्षीय दीपक विक, नाम नखुलेका पाटन–८ का अन्दाजी ६० वर्षीय पुरुष र परिचय नखुलेकी अन्दाजी ५५ वर्षीया महिला गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेको टाउकोमा चोट लागेको उहाँले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक तिमिल्सेनाले घाइतेमध्ये नौ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जनाउँदै दुई जनालाई धनगढी पठाइएको उल्लेख गर्नुभयो ।

बाँकी नौ जनालाई उपचारका लागि डडेल्धुरातर्फ लगिएको उहाँले बताउनुभयो ।  दुर्घटनाको कारण खुल्न बाँकी रहेको जनाउँदै घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । रासस