१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली

उपसभामुख रानामाथि छानवीन गर्न सांसदहरुको माग

उपसभामुख रानामाथि छानवीन गर्न सांसदहरुको माग
अ अ+ अ-

काठमाडौँ । सांसदहरुले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामाथि छानवीन गर्न माग गरेका छन् ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसदहरुले उपसभामुख रानामाथि आर्थिक लेनदेन गरेर मानव तस्करीको आरोप लागेको भन्दै छानवीन गर्न माग गरेका हुन् ।

सांसदहरुले उपसभामुखमाथि गम्भीर आरोप लागेपछि प्रतिनिधि सभाको गरिमामाथि नै प्रश्न उठ्ने भन्दै तत्काल छानविन गरी सत्यतथ्य पत्ता लगाउनुपर्ने बताएका छन् । बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले उपसभामुखमाथि मानव तस्करीको आरोप लाग्नु लज्जास्पद विषय भएको बताउनु भयो । उहाँले उपसभामुखमाथि प्रश्न उठ्नुले सांसदहरुको शीर निहुरिएको बताउनु भयो । उहाँले छानविन गरी निर्दोष भए दोषबाट मुक्त गराउनुपर्ने र दोषी देखिएमा कानूनी कठघरामा उभ्याउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘कस्तो लज्जास्पद विषय । यो विषयमा वास्तवमा हामी सांसदहरुले शीर निहुराउनुपर्ने छ । देशको सम्मानित पदमा बस्नुभएको व्यक्तिले गर्नुभयो कि गर्नुभएन थाहा छैन । तर यसको छानविन हुनुपर्छ कि पर्दैन रु गर्नुभएको छैन भनेपनि उहाँ त्यो दोषबाट मुक्त हुनुपर्छ । हामीलाई हेर्ने बाहिरको देशले नेपालको उपसभामुख मानव बेचबिखनको धन्दामा यसरी अग्रसर भएको छ भनेर बाहिर नभनोस् । यदि त्यसमा हुनुहुन्न भनेपनि छानवीन होस् र दोषबाट मुक्त होस् । मैले भन्दैगर्दा मेरो देशको सभामुखलाई यो चार्ज लागेको थियो तर होइन रहेछ भन्न पाउँ । हो भने उहाँ कठघरामा उभिनुपर्छ । उपसभामुख भनेर उहाँले त्यसबाट उन्मुक्ति पाउनु हुँदैन ।’

बैठकमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी(एमाले)का सांसद वासुदेव घिमिरेले उपसभामुखको विषय सिंगो संसदसँग जोडिने विषय भएको भन्दै यस प्रकरणमा छानवीन गर्नुपर्ने बताउनु भयो । उहाँले दोषि देखिएमा कानूनी कारबाही गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘यो विषय सिंगो संसदसँग जोडिएको हुनाले अत्यन्तै गम्भीर खालको विषय हो । र यसलाई आवश्यक कारबाही अगाडी बढाउनुपर्छ भन्ने कुरा राख्न चाहन्छु ।’

नेकपा(एमाले)को सांसद रघुजी पन्तले उपसभामुख रानाको सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी समेत आएको भन्दै यस विषयलाई गम्भीरतापूर्वक लिएर समितिले कदम चाल्नुपर्ने बताउनु भयो । उहाँले कानूनी र राजनीतिक पक्षलाई समेत हेरेर विषय अगाडी बढाउनुपर्ने बताउनु भयो । उहाँले समितिको काममाथि प्रश्न नउठ्ने गरी उपसभामुखमाथिको यस प्रकरणमा समितिले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘उपसभामुखको विषयमा हामीकहाँ निवेदन पनि आएको छ । यसलाई के गर्ने रु यसको कानूनी, राजनीतिक सबै पक्षहरुलाई गम्भीरतापूर्वक हेरेर के गर्न मिल्छ रु फेरि हामीले गरेको काममाथि प्रश्न पनि कतै बाट नउठोस् । उपसभामुख हुनुहुन्छ, किन यसरी गरियो भन्ने प्रश्न पनि नउठोस् । कानूनी र वैधानिक रुपले पनि हामीले केही गर्छौ भने कुनै कदम चाल्छौँ भने त्यसको आधार हुनुपर्छ ।’

उपयुक्त आधारसहित मात्रै उपसभामुखमाथि छानवीनको निर्णय गर्नुपर्ने उहाँको भनाई छ ।