२८ मंसिर २०८२, आईतवार
,
Latest
एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित श्रममन्त्री भण्डारी र जेनजी अगुवाबीच भेटवार्ता बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ मेलम्चीमा अनियमिता: भीम उपाध्याय समेतविरुद्ध सर्वोच्च गयो अख्तियार अवैध काठ बरामद निर्वाचन पहिलो प्राथमिता : मन्त्री सिन्हा स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोडः स्वास्थ्यमन्त्री शर्मा पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामा विशेष पोलियो खोप अभियान शुरु



अ+ अ-

काठमाडौँ । काठमाडौं उपत्यकामा आजबाट विशेष पोलियो खोप अभियान शुरु भएको छ ।

बुधवारबाट उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाहरुका लागि विशेष पोलियो खोप अभियान शुरु भएको हो । खोप स्वास्थ्यकर्मी र महिला सामुदाकियक स्वास्थ्य स्वयंसेविकामार्फत घरघरमा पुगेर खुवाउन शुरु गरिएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ की स्वास्थ्य स्वयंसेविका निर्मला सुवेदीले वडाले तोकिदिएको क्षेत्रमा पुगेर घरघरमा पोलियो खोप अभियान शुरु गरिएको बताउनु भयो । उहाँले विद्यालयमा पुगेर ख्वाउन सहज भएपनि त्यसबाहेक विद्यालय नजाने बालबालिकाहरुका लागि घरघरमै पुगेर खुवाउने अभियान शुरु गरेको बताउनु भयो । उहाँले कतिपय अभिभावकहरुले कुरा नुबझ्दा असहज भएको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी २९ नम्बर वडाको स्वयंसेविकाहरु हो ।

हामीलाई २९ वडा भरमा कभरेज गरेर हाम्रो क्षेत्रहरु तोकिदिनुभएको छ । त्यहीअनुसार हामीले सो क्षेत्रमा गएर खुवाउनेछौँ । स्कुलमा त खुवाइ नै हाल्छौँ । घरमै रहने बच्चाहरु छुट्ने भएकाले घरदैलो गरेका छौँ । यसमा अभिभावकहरु कति कुराहरु बुझ्नु नै हुन्छ । खुशीसाथ कोही अभिभावकले खुवाउनु हुन्छ । कोही अभिभावक भने अस्ति भर्खर खुवाएको किन खुवाउने भन्नु हुन्छ । त्यसैले सूचनाहरु हेर्न आग्रह गर्दछु । पोलियो फेरि देखिएकाले विशेष अभियान शुरु गरेका छौँ । ५ वर्ष भन्दा मुनिका बच्चाहरुलाई पोलियो ख्वाइरहेका छौँ ।’

पोलियो भाइरसबाट संक्रमण भएमा ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुने जस्ता लक्षण देखिन्छ । डाक्टरका अनुसार पोलियो रोग दुषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । पोलियो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्ने तर ५ वर्ष मुनिका बालबालिका बढी जोखिममा हुने डाक्टरको भनाइ छ । यो रोगबाट सुरक्षित हुने एक मात्र उपाय भनेको पोलियो बिरुद्धको खोप नै हो । सरकारले बालबालिकालाई राष्ट्रिय खोप तालिकामार्फत पोलियो विरुद्धको खोप नियमित रूपमा दिँदै आएको छ ।