२३ जेष्ठ २०८३, शनिबार
,
Latest
चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामा विशेष पोलियो खोप अभियान शुरु



अ+ अ-

काठमाडौँ । काठमाडौं उपत्यकामा आजबाट विशेष पोलियो खोप अभियान शुरु भएको छ ।

बुधवारबाट उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाहरुका लागि विशेष पोलियो खोप अभियान शुरु भएको हो । खोप स्वास्थ्यकर्मी र महिला सामुदाकियक स्वास्थ्य स्वयंसेविकामार्फत घरघरमा पुगेर खुवाउन शुरु गरिएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ की स्वास्थ्य स्वयंसेविका निर्मला सुवेदीले वडाले तोकिदिएको क्षेत्रमा पुगेर घरघरमा पोलियो खोप अभियान शुरु गरिएको बताउनु भयो । उहाँले विद्यालयमा पुगेर ख्वाउन सहज भएपनि त्यसबाहेक विद्यालय नजाने बालबालिकाहरुका लागि घरघरमै पुगेर खुवाउने अभियान शुरु गरेको बताउनु भयो । उहाँले कतिपय अभिभावकहरुले कुरा नुबझ्दा असहज भएको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी २९ नम्बर वडाको स्वयंसेविकाहरु हो ।

हामीलाई २९ वडा भरमा कभरेज गरेर हाम्रो क्षेत्रहरु तोकिदिनुभएको छ । त्यहीअनुसार हामीले सो क्षेत्रमा गएर खुवाउनेछौँ । स्कुलमा त खुवाइ नै हाल्छौँ । घरमै रहने बच्चाहरु छुट्ने भएकाले घरदैलो गरेका छौँ । यसमा अभिभावकहरु कति कुराहरु बुझ्नु नै हुन्छ । खुशीसाथ कोही अभिभावकले खुवाउनु हुन्छ । कोही अभिभावक भने अस्ति भर्खर खुवाएको किन खुवाउने भन्नु हुन्छ । त्यसैले सूचनाहरु हेर्न आग्रह गर्दछु । पोलियो फेरि देखिएकाले विशेष अभियान शुरु गरेका छौँ । ५ वर्ष भन्दा मुनिका बच्चाहरुलाई पोलियो ख्वाइरहेका छौँ ।’

पोलियो भाइरसबाट संक्रमण भएमा ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुने जस्ता लक्षण देखिन्छ । डाक्टरका अनुसार पोलियो रोग दुषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । पोलियो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्ने तर ५ वर्ष मुनिका बालबालिका बढी जोखिममा हुने डाक्टरको भनाइ छ । यो रोगबाट सुरक्षित हुने एक मात्र उपाय भनेको पोलियो बिरुद्धको खोप नै हो । सरकारले बालबालिकालाई राष्ट्रिय खोप तालिकामार्फत पोलियो विरुद्धको खोप नियमित रूपमा दिँदै आएको छ ।