५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई नारायणकाजीको सन्देश: नेतृत्वको जिम्मेवारी दिए सम्हाल्न तयार छौँ



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायाण्काजी श्रेष्ठले पार्टीको नेतृत्व गर्ने जिम्मेवारी दिए तयार रहेको बताउनुभएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा नरबहादुर कर्मचार्यको स्मृति सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उ

हाँले पार्टी अध्यक्ष पुष्पकमल दाहालले ३५ वर्ष पार्टीको नेतृत्व गरिसकेँ अब तपाईंहरुले चलाउनुस् भनेर जिम्मेवारी दिए नेतृत्वका लागि तयार रहनुपर्ने बताउनु भयो । उहाँले अहिलेको अवस्थामा रुपान्तरणको प्रक्रियाको नेतृत्व पनि पार्टी अध्यक्ष दाहालले नै गरेर अघि बढ्नु र सबैले साथ दिनेकुरा अहिलेको आवश्यकता भएको जिकिर गर्नुभयो । उहाँले माओवादी केन्द्रका लागि सरकारमा रहनु र सरकारबाट बाहिरिनुले कुनै असर नगर्ने भएपनि अहिलेको कार्यदिशा कार्यान्वयनको निम्ति सरकारको भुमिका महत्वपूर्ण रहने बताउनु भयो ।

उहाँले सरकारबाट बाहिर आएको अवस्थामा प्रतिक्रियात्मक, आक्रोशपूर्ण ढंगले प्रश्तुत हुन नहुने पनि बताउनु भयो । उहाँले पार्टीको नेतृत्वको सरकारलाई गिराउन विभिन्न ढंगले सधैँ प्रयत्न हुँदै आएको पनि बताउनु भयो । उहाँले अहिले बनेको सरकारले राष्ट्रियताको रक्षा नगर्ने, उपलब्धिको रक्षा नगर्ने र सुशासन स्थापित गर्न नसक्ने बताउनु भयो । उहाँले वर्तमान सरकारले प्रतिगमनतिर लैजाने खतरा रहेको भन्दै सरकार भ्रष्टचारीको रक्षा गर्ने, थप भ्रष्टाचारीको आधार तयार पार्ने दिशातिर जाने आशंका व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी अहिले सरकारबाट बाहिर धकेलिएका छौँ । हाम्रो लागि सरकारमा रहनु वा सरकारबाट बाहिर आउनु त्यति ठूलो कुरा होइन । यद्यपि अहिलेको कार्यदिशा कार्यान्वयनको निम्ति सरकारको भुमिका महत्वपूर्ण रहन्छ । अहिले मुख्य भुमिकामा थियो । संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकार गर्दा । अहिले प्रादेशिक र संघीय सरकारमा नरहने स्थितिमा हाम्रो संसदको भुमिका मुख्य भएर जान्छ । बिस्तारै जनतासँग जोडेर जनपरिचालन, जनसंघर्षको भुमिकामा पनि जानुपर्ने स्थिति हुनसक्छ । त्यसको आवश्यकताअनुसार हामी अघि बढ्छौँ । सरकारबाट बाहिर आएको अवस्थामा प्रतिक्रियात्मक, आक्रोशको ढंगले प्रश्तुत गर्दैनौँ ।

हाम्रो पार्टीको नेतृत्वको सरकारलाई गिराउन विभिन्न ढंगले सधैँ प्रयत्न भइरहेको छ । जुन सरकार अहिले बनेको छ, त्यो सरकारले के राष्ट्रियताको रक्षा गर्दछ, जो हामीले दृढतापूर्वक अघि बढाएका थियौँ । यो सरकारले के अहिलेको उपलब्धिको रक्षा गर्छ रु अहिलेको उपलब्धि रक्षा गर्नुको सट्टा प्रतिगमनतिर लैजाने त होइन भन्ने आशंक आएका छन् । त्यसप्रति हामी सचेत छौँ । यो सरकारले सुशासन स्थापित गर्छ भन्दा भ्रष्टचारीको रक्षा गर्ने, थप भ्रष्टाचारीको आधार तयार पार्ने दिशातिर त जाँदैन भन्ने प्रश्न आएको छ । शान्ति प्रक्रियाको काम पूरा भएको छैन, आग्रह गर्छौं, यो सबैको कार्यभार हो । यो टुंग्याउन लागौँ । अध्यक्ष कमरेडले ३५ वर्ष मैले पार्टीको अध्यक्षता गरेँ, मैले मात्रै कति जिम्मेवारी लिने भनेर हामीमध्ये कोहीलाई तपाईंहरु अब चलाउनुस् भनेर कुनैदिन भनेको स्थितिमा हामी चलाउन तयार हुनुपर्छ । अहिलेको अवस्थामा रुपान्तरणको प्रक्रियाको नेतृत्व पनि पार्टी अध्यक्षले नै गरेर अघि बढ्नु र हामी सबैले साथ दिने अहिलेको आवश्यकता हो ।’

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल र आफूबीच फाटो पैदा गर्ने काम भइरहेको भन्दै त्यसको भ्रममा नपर्न आग्रह गर्नुभयो ।