१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली

विचौलियाहरुको पहलमा नयाँ गठबन्धन बन्यो: अध्यक्ष दाहाल

विचौलियाहरुको पहलमा नयाँ गठबन्धन बन्यो: अध्यक्ष दाहाल
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले सुशासनको पक्षमा काम गरेपछि सरकार ढालेको आरोप लगाउनुभएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा नरबहादुर कर्मचार्यको स्मृति सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सामाजिक न्याय, देशभित्र र बाहिर रहेका नेपाली युवाहरुको पक्षमा काम गर्दा सरकार ढालेको बताउनु भयो । उहाँले युवालाई सामाजिक सुरक्षामा आवद्ध गर्ने र उनीहरुका हक हितको पक्षमा केही महत्वपूर्ण निर्णय लिएसँगै सरकार ढालिएको बताउनु भयो ।

उहाँले विचौलियाहरुको पहलमा नै नयाँ गठबन्धन बनाइएको जिकिर गर्दै विचौलियकै पक्षमा सरकारले काम गर्ने बताउनु भयो । उहाँले पछिल्ला दुई गिरफ्तारीपछि सरकार परिवर्तनको चलखेल भएको बताउनु भयो । उहाँले प्रतिगमनको खतराबिरुद्ध पार्टीलाई एकतावद्ध गर्ने र जनतासँग जोडिएर जरुरी पर्दा आन्दोलनको तयारी गर्ने कुरामा आफूहरुको मुख्य लक्ष्य रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले पनि पार्टीको नेतृत्वमा हाम्रो नेतृत्वमा भएको सरकारले सुशासनको पक्षमा केही गम्भीर पहल गर्दै थियो । यो सबैलाई थाहा भएकै कुरा हो । सामाजिक न्यायको पक्षमा पनि देशभित्र र देश बाहिर रहेका नेपाली युवाहरुको पक्षमा उनीहरुलाई सामाजिक सुरक्षामा आवद्ध गर्ने र उनीहरुका हक हितको पक्षमा केही महत्वपूर्ण निर्णय हामीले गरेका थियौँ । देशभित्र पनि सामन्ती अत्याचारका अवशेषहरु मिटरब्याज जस्ताका बिरुद्ध कानूनी र व्यवहारिक संघर्षका रेकर्डहरु बनाएकै थियौँ । अर्थतन्त्र अफ्ठ्यारो स्थितिमा हुँदा हुँदै पनि हामीले धेरै मेहनत गरेर बिस्तारै त्यसलाई लयमा ल्याउने कोशिस गरेका थियौँ र लयमा आउँदै पनि थियो । अझ मुख्य रुपमा सुशासनको पक्षमा नेपालको इतिहासमा नै पहिलो पटक सरकारको तर्फबाट दूरगामी पहल भएपछि एउटा वर्ग, तप्का, भ्रष्टाचारमा लिप्त हुने तत्वहरु तिनीहरुको लागि त्यो सह्य भएन ।’

‘सुशासनको पक्षमा माओवादी नेतृत्वको सरकारले खेलिरहेको भुमिका वा सामाजिक न्यायको पक्षमा खेलिरहेको भुमिका, समृद्धि, अर्थतन्त्रमा सुधारको निम्ति खेलिरहेको भुमिका सह्य भएन र निकै षड्यन्त्रमुलक ढंगले, निकै अपारदर्शी ढंगले र हामीले भन्ने गरेका छौँ, आम जनतामा पनि यो कुरा मोटामोटी स्थापित छ, विचौलियाहरुको पहलमा नै नयाँ गठबन्धन बनाइयो । उनीहरको हितमा नै यसले काम गर्दछ । हामी सरकार छोड्दा पनि तपाईंहरुले देख्नुभयो, आफ्ना कुरालाई सशक्त रुपले संसदमा राखेर हामी वैचारिक, राजनितिक र सरकारबाट गर्नसक्ने कुराहरु गर्दागर्दा विजेताको रुपमा बाहिर आयौँ । जो सरकारमा गएका छन, उनीहरु पराजित मानसिकतामा छन् । उनीहरु रक्षात्मक र हामी आक्रामक ढंगले आफ्ना कुरा राख्ने स्थिति बनेको छ । आम जनताले पनि यो भ्रष्टाचारीलाई सरकारले कारबाही गर्दै गरेर दुई जना पछिल्लो चरणमा गिरफ्तार भएपछि नै यो सरकार बनेको भन्नेकुरा जनताले बुझेको छ । हाम्रो लागि राम्रो आधार बनेको छ, जनतामा जाने । त्यसलाई संगठनमा बदल्नु छ ।’

अध्यक्ष दाहालले आफू नेतृत्वको सरकारको कामबाट आम जनतामा निराशा नरहेको जिकिर गर्नुभयो । उहाँले आफू विजयी भएर बेदाग निस्किएको भन्दै ओम्नी, गिरिबन्धु, नक्कली भूटानी शरणार्थी कुनैपनि भ्रष्टाचारका प्रकरणमा आफूहरु नमुसिएको बताउनु भयो । उहाँले पार्टीलाई अझ उचाईमा लैजाने, जनतामा जाने कुरामा संकल्प गर्नुपर्ने बताउनु भयो । उहाँले जनताले संविधानबाट प्राप्त गरेको उपलब्धि उल्ट्याउने खतरा रहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीप्रति लक्षित गर्र्दै संविधान मिच्नेको नेतृत्वमा गठबन्धन बनेको बताउनु भयो । प्रतिगामी कदमको खतरा अझै रहेको बताउनु भयो । उहाँले सरकारमा जाने सोचमा आफूहरु नरहेको भन्दै अब जनतामा जाने जिकिर गर्नुभयो ।