• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

हिमा नदी र मार्सी धान खेती, फोटोले नै खिच्यो प्रधानमन्त्री ओलीको मन !



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सामाजिक सञ्जालमा सक्रिय छन् । बिहान सबेरैदेखि राति अबेलासम्म उनले सामाजिक सञ्जालको प्रयोग गरिनै रहन्छन् ।

घटेक घटनामा अपेडेट हुने प्रधानमन्त्री ओलीले आज बिहानै एउटा सुन्दर तस्बिरको प्रसंसा गरेका छन् । जुन तस्बिर राससका सुरेश आचार्यले खिचेको हो ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका–४, हाट सिंजामा रहेको हिमा नदी र नदीको आसपासमा देखिएको हरियाली मार्सी धान खेती तथा बस्तीको दृश्य समेटिएको फोटो हो । अग्लो स्थानमा यहाँ फल्ने मार्सी धानको स्वदेश तथा विदेशमा माग बढ्दो क्रममा रहेको छ ।

प्रधानमन्त्री ओलीले बिहानै यो तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेका छन्–

शुभ बिहानी !
साउने हरियाली र जुम्लाको मार्सी धान !
आज बिहान मोबाइल हातमा लिनासाथ राससका सुरेश आचार्यले खिचेको यो तस्बिरले मन खिच्यो । हिमनदी, बस्ती र हरियाली धानखेतको तरेली मनमोहक छ ।