२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

उपकरण जडान हुन नसक्दा अन्योलमा गौतमबुद्ध विमानस्थल

उपकरण जडान हुन नसक्दा अन्योलमा गौतमबुद्ध विमानस्थल
अ अ+ अ-

बुटवल । २०७१ साल माघ १ गते शिलान्यास गरिएको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विदेशी प्राविधिक आएको ९० दिनमा सञ्चालन गर्न सकिने गरी काम भएको आयोजनाले जनाएको छ । निर्माण सम्झौता भएर पाँचचोटि म्याद थप गरी निर्माण अगाडि बढाइएको राष्ट्रिय गौरवको यो आयोजना पछिल्लोपटकको समय थप गरेपछि समयमा सम्पन्न गर्नमा कोरोना महामारीले समस्या उत्पन्न गरेको छ । आयोजनाको भौतिक प्रगति ९३ दशमलव २५ प्रतिशत भए पनि प्राविधिक क्षेत्रको उपकरण जडानको काम पूरै बाँकी रहेको छ ।

आयोजनालाई चाहिने पूरै उपकरण आइसकेको तर ती उपकरण जडान गर्न जुन मुलुकबाट उपकरण आएको छ त्यही मुलुककको प्राविधिक चाहिने हुँदा ती प्राविधिक नआउँदासम्म विमानस्थलको पूरा काम सम्पन्न हुन नसक्ने आयोजना प्रमुख प्रवेश अधिकारीले बताउनुभयो । हालै रूपन्देही आउनुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले २५ दिनभित्रमा विमानस्थलको भौतिक काम पूरा गर्न निर्देशन दिनुभएको थियो । मन्त्रीलाई विदेशी प्राविधिक नआउँदासम्म आयोजनाको पूरा काम सम्पन्न हुन नसक्ने कुरा थाहा नभएको भन्दै यस विषयमा ध्यान दिई प्राविधिक ल्याउने विषयमा अगाडि बढ्न पनि आयोजनाले माग गरेको छ ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना कहरले गर्दा विमानस्थलमा प्राविधिक कामका लागि आउनुपर्ने चिनियाँ, अमेरिकन, अस्ट्रिया र थाइल्यान्डका प्राविधिक आउन नसकेकाले आयोजना निर्माणमा ढिलाइ भएको आयोजनाका प्रमुख अधिकारीले बताउनुभयो । प्राविधिक आएको ९० दिनभित्रमा विमानस्थलको सबै काम पूरा भई उडान भर्न सकिने आयोजना प्रमुख अधिकारीले बताउनुभयो ।

विदेशी प्राविधिकको आगमनमा आयोजना कहिले सम्पन्न हुने भन्ने कुरा निर्भर रहेको समेत उहाँले बताउनुभयो । नेपालमा अन्तर्राष्ट्रिय उडान अवरुद्ध रहेको र त्यहाँको सरकारले आफ्ना नागरिकलाई देश छोड्नमा प्रतिबन्ध लगाएको अवस्थामा आयोजना कहिलेसम्म भन्दा पनि विदेशी प्राविधिक नआउँदासम्म विमानस्थलमा उपकरण जडान शुरू नै नहुने आयोजना प्रमुख अधिकारीले स्पष्ट पार्नुभयो । निर्माण शुरू भएको ३ वर्षमा सक्ने गरी शुरु गरिएको आयोजना ७ वर्ष बित्न लाग्दा पनि अझै अन्योलमै रहेको छ । सन् २०२० को शुरुआतमा परीक्षण उडान गर्ने भनिएको राष्ट्रिय गौरवको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम थप समयअनुसार यही डिसेम्बरमा बाँकी काम पूरा गरेर जनवरीमा परीक्षण उडान गर्ने तयारी भए पनि उपकरण जडान हुन नसक्दा थप अन्योल बनेको छ ।

सन् १९५८ देखि सञ्चालित ६२ वर्ष पुरानो विमानस्थललाई स्तरोन्नति गर्ने सरकारको निर्णयसँगै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ साल माघ १ गते अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गर्नुभएको थियो । निर्माण शुरू भएको ३ वर्षमा पूरा गर्ने लक्ष्य लिइए पनि मधेस आन्दोलन, भारतीय नाकाबन्दी, बन्द हड्ताल, निर्माण सामग्रीको अभाव जस्ता कारण देखाउँदै निर्माण कम्पनीहरुको काम सक्ने म्याद ५ पटकसम्म थप भई काम भइरहेको छ । विमानस्थलको महत्वपूर्ण कामअन्तर्गत धावनमार्ग, ५१ हजार ८ सय मिटरको विदेशी जहाज पार्किङस्थल र ८ हजार १ सय ९० मिटरको स्वदेशी जहाज पार्किङस्थल, मुख्य प्रशासनिक भवन, २ किलोमिटर बढी घाँघरा खोला डाइभर्सन, विद्युतीय सब स्टेसन, १६ सय मिटर नाली, ५ दशमलव ८ किलोमिटर फेन्सिङ निर्माणको काम पनि पूरा भएको छ ।

त्यस्तै, १५ हजार १ सय ६९ वर्गमिटरको मुख्य टर्निमल भवन, २ हजार १ सय ४१ वर्गमिटरको कन्ट्रोल टावर भवन, ५ हजार वर्गमिटरको आन्तरिक यात्रु आवागमन टर्मिनल र १५ हजार वर्ग मिटरको अन्तर्राष्ट्रिय यात्रु कक्ष निर्माण, लिंक ट्याक्सी मार्गको पिच, अग्नि नियन्त्रण कक्ष निर्माणको काम सम्पन्न भएको छ । अधिकांश भौतिक संरचना निर्माणको काम सम्पन्न भएको र फिनिसिङको काम पनि लगभग सकिएको छ । केवल प्राविधिक उपकरण जडानको शतप्रतिशत र १० प्रतिशत सिभिल वर्कको काम मात्र बाँकी रहेको आयोजना प्रमुख अधिकारीले बताउनुभयो ।

६ अर्ब ८२ करोड रुपियाँमा आईसीबी शून्य एकको ठेक्का चिनियाँ निर्माण कम्पनीले नर्थवेस्ट सिभिल एभियसन र आईसीबी शून्य दुईको ५० करोडको उपकरण सप्लाई थाइल्यान्डको एरोथाई कम्पनीले ठेक्का पाएको थियो । कुल ७ अर्ब ३२ करोडको लागतको यो विमानस्थलमा एसियाली विकास बैंकको ऋण तथा अनुदान र नेपाल सरकारको लगानी रहेको छ । करिब ८ सय बिघा क्षेत्रफलमा स्तरोन्नति र विस्तार भएको विमानस्थलका लागि ६ सयभन्दा बढी भौतिक संरचनासहित २ हजार २ सय जनाको जग्गा अधिग्रहण गर्नुपरेको थियो ।

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा विमानको चाप धेरै हुँदा बेला–बेलामा उडान प्रभावित हुने गरेको छ । यो विमानस्थलको स्तरोन्नतिका लागि भैरहवा विमानस्थल विकल्प बन्नेछ । यो विमानस्थलमा बोइङ ७७७–२०० र एयरबस ३३०–३०० ‘सिरिज’ का विमान सजिलै अवतरण र उडान गर्न सक्नेछन् । यसपछि नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको विकल्प बन्नेछ भैरहवा विमानस्थल । नेपाल समाचारपत्र दैनिक