२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय निजामती कर्मचारी ऐन फास्ट ट्रयाकमा पारित हुन्छ: मन्त्री गुप्ता



अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निजामती संघीय कर्मचारी ऐन फास्ट ट्रयाकमा पारित हुने बताउनुभएको छ ।

नेकपा एमाले जिल्ला कमिटी पर्साद्वारा आयोजित शुभकामना तथा सम्मान कार्यक्रमपछि  कुरा गर्दै मन्त्री गुप्ताले ८ वर्षदेखि अलपत्र हुँदै आएको संघीय निजामती कर्मचारी ऐन फास्ट ट्रयाकबाट पारित गर्ने बताउनुभएको हो ।

निजामति कर्मचारीलाई व्यवस्थित गर्न नसकेको र मन्त्रालयले कार्यविधि बनाइरहेको बताउनु भयो । कार्यविधि बनाइसकेपछि स्थानीय तहको बेथिति अन्त्य हुने बताउनु भयो । साथै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हुने सरुवालाई नियन्त्रित गरी एक कार्यालयमा १ वर्षसम्म कामकाज गर्न ऐन बनाइने पनि बताउनु भयो ।

उहाँले सरकारमा आफूलाई अवसरकासाथ साथै चुनौति रहेको पनि बताउनु भयो । सरकारलाई आर्थिक मन्त्री अन्त्य गर्ने, विकासका आयोजना सम्पन्न गर्ने लगायतका चुनौति रहेको बताउनु भयो । सरकारले काम शुरु गरिसकेको भन्दै सबै चुनौति पार गरी अघि बढ्ने बताउनु भयो ।