१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली

सुरक्षित कारोबार ऐन संशोधन हुँदा अचल सम्पती नहुने व्यक्तिहरुको कर्जामा समान पहुँच बिस्तार हुन्छ: अर्थमन्त्री पौडेल

सुरक्षित कारोबार ऐन संशोधन हुँदा अचल सम्पती नहुने व्यक्तिहरुको कर्जामा समान पहुँच बिस्तार हुन्छ: अर्थमन्त्री पौडेल
अ अ+ अ-

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुरक्षित कारोबार ऐन,२०६३ लाई संशोधन गर्दा अचल सम्पती नहुने व्यक्तिहरुको हकमा समेत कर्जामा समान ढङ्गले पहुँच बिस्तार गर्न सकिने बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभामा भएको सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको सौद्धान्तिक छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

अर्थमन्त्री पौडेलले अचल सम्पती नहुने व्यक्तिहरुको हकमा समेत कर्जामा समान ढङ्गले पहुँच बिस्तार गर्न सकिने बताउनु भयो । उहाँले निष्क्रिय रुपमा रहेको चलसम्पती समेतलाई उपयोगमा ल्याएर अर्थतन्त्रलाई चलायमान बनाउन सकिने बताउनु भयो । उहाँले ऐन संशोधनपछि मुलुकमा आर्थिक कारोबारलाई बिस्तार गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले यो विधेयकलाई संशोधनको माध्यमबाट सकारात्मक प्रतिफल प्राप्त गर्न सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘यो ऐनबाट हुने लाभ भनेको अचल सम्पति नहुने व्यक्तिहरुको हकमा समेत कर्जामा सम्मान ढङ्गले पहुँच बिस्तार गर्नसक्छ । निक्रिय रुपमा रहेको चलसम्पती समेतलाई उपयोगमा ल्याएर अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ । मुलुकमा आर्थिक कारोबारलाई बिस्तार गर्न सकिन्छ । यो विधेयकलाई संशोधनको माध्यमबाट सकारात्मक प्रतिफल प्राप्त गर्नसक्छौं । चल सम्पतीलाई धितो मानेर कारोबार गर्ने अभ्यास गर्दै आएका छौं । एउटा समयमा शैक्षिक प्रमाणपत्रलाई धितो राखेर ऋण पाउन सक्ने व्यवस्था पनि गरौं । यसलाई पनि कानून सर्वत तरिकाले कार्यान्वयन गर्नको लागि ऐनको संशोधन उपयोगी हुनेछ ।’

उहाँले चल सम्पतीलाई धितो मानेर कारोबार गर्ने अभ्यास भएपनि केही समयअघि शैक्षिक प्रमाणपत्रलाई धितो राखेर ऋण पाउनसक्ने व्यवस्थालाई कानून रुपमा कार्यान्वयन गर्नको लागि ऐनको संशोधन उपयोगी हुने विश्वास रहेको उल्लेख गर्नुभयो ।