१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफाको उत्कृष्ट पुरुष खेलाडी- २०२० मा ‘लेवनडोस्की’



अ+ अ-

जुरिच । बायर्न म्युनिकका फरवार्ड रोबर्ट लेवनडोस्की बिहीबार फिफाको उत्कृष्ट पुरुष खेलाडी २०२० घोषित भएका छन् । यसको होडमा उनले गत वर्षका विजेता लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोलाई उछिनेका हुन् । बायर्नका लागि उनले जर्मन लिग र कपसँगै युरोपेली च्याम्पियन्स लिग जितेका थिए । यी तीनै प्रतियोगितामा उनी सर्वाधिक गोलकर्ता पनि रहे । लेवनडोस्कीले यो अवार्ड जितेको यो पहिलो पल्ट हो ।

आफ्नो सफलतामा खुसी लेवनडोस्कीले भनेका छन्, ‘म निकै खुसी र गर्व महसुस गरिरहेको छुं । मेसी र रोनाल्डोलाई उछिनेर वर्षको उत्कृष्ट खेलाडी हुनुको खास अर्थ छ । आजको दिन मेरो लागि विशेष रहनेछ ।’

महिलातर्फ म्यानचेस्टर सिटीका फुलब्याक लुसी ब्रोन्ज उत्कृष्ट खेलाडी बनिन् । यस्तै लिभरपुलका योर्गन क्लोप वर्षको उत्कृष्ट प्रशिक्षक चुनिए । उनले लगातार दोस्रो वर्ष यो अवार्ड जिते । उनको नेतृत्वमा लिभरपुलले ३० वर्षयता पहिलो पल्ट लिग उपाधि जितेको थियो ।