२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

‘हटस्पट’ सहित सहरी क्षेत्रमा एन्टिजेन परीक्षण गरिने

‘हटस्पट’ सहित सहरी क्षेत्रमा एन्टिजेन परीक्षण गरिने
अ अ+ अ-

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको ‘हटस्पट’सहित सहरी क्षेत्रमा आइतबारदेखि एन्टिजेन परीक्षण गर्ने भएको छ। पहिलो चरणमा बढी संक्रमण देखिएका सहरी क्षेत्रमा ३ लाख जनाको परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रमुख विशेषज्ञ एवं कोभिड–१९ स्रोत व्यक्ति (फोकल पर्सन) महेन्द्रप्रसाद श्रेष्ठले यसलाई सहरी क्षेत्रमा व्यापक रूपमा अघि बढाइने जानकारी दिए।

कोरोना संक्रमणको दोस्रो लहर आउन सक्ने आकलन भइरहेका बेला मन्त्रालयले एन्टिजेन परीक्षण गर्न लागेको हो। ‘नयाँ संक्रमित पत्ता लगाउन र संक्रमणको सम्भावित महामारी नियन्त्रणका लागि एन्टिजेन परीक्षण गर्न लागिएको हो’, श्रेष्ठले भने, ‘संक्रमण पुष्टि भएका व्यक्तिलाई तत्कालै आइसोलेसनमा राखिनेछ।’ यो विधिबाट परीक्षण गरेको आधा घण्टाभित्र परिणाम आइसक्नेछ।

उनका अनुसार यसका लागि विश्व स्वास्थ्य संगठनले १ लाख र युनिसेफले ५० हजार किट सहयोग गरेका छन्। थप किट खरिद गर्ने प्रक्रिया पनि अघि बढाइएको मन्त्रालयले जनाएको छ। ‘पुसभित्र ३ लाख र माघमा ३ लाखको एन्टिजेन परीक्षण गर्ने लक्ष्य छ’, उनले भने। परीक्षणका लागि जनशक्तिलाई तालिम दिइसकिएको छ। उनका अनुसार २ सयभन्दा बढी सक्रिय संक्रमित भएका काठमाडौं, पोखरालगायत ठूला सहर, हटस्पट र घना बस्तीमा पहिले परीक्षण गरिनेछ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले  परीक्षण कार्यमा प्रदेश र स्थानीय तहसँग समन्वय गरिने बताए। ‘अहिले संक्रमण घटेको देखिन्छ। वास्तविकता के हो ? के भएर संक्रमण घटेको हो रु यसको तथ्यगत प्रमाण त चाहियो नि’, डा. पाण्डेले भने, ‘रोगको स्थिति कस्तो छ ? सबै थाहा पाउन सजिलो हुन्छ।’

उनका अनुसार अहिले कोरोना संक्रमणको जोखिम क्षेत्रको नक्सांकन भइरहेको छ। यसअघि मंसिर दोस्रो साता काठमाडौंका ‘हटस्पट’मा एन्टिजेन परीक्षण गरिएको थियो। डा। पाण्डेका अनुसार १५ सय जनामा एन्टिजेन परीक्षण गर्दा ८ प्रतिशतमा कोरोना पोजिटिभ पाइएको थियो। काठमाडौं महानगरका कोटेश्वर, धुम्बाराही, विशालनगर, चाबहिल, मित्रपार्क, बालाजुलगायत क्षेत्रमा एन्टिजेन परीक्षण गरिएको हो। ‘जोखिम क्षेत्र र स्थानीय तहले सिफारिस गरेका क्लोज कन्ट्याक्टमा रहेका व्यक्तिलाई परीक्षण गरिएको हो’, उनले भने। महाशाखाले यसअघि गरेको ‘सेरो सर्भिलेन्स’मा घरमै बसेका व्यक्तिमा पनि संक्रमण भएको पाइएको छ। त्यस क्रममा १० प्रतिशत व्यक्तिमा एन्टिबडी देखिएको डा. पाण्डेले बताए।
 
के हो एन्टिजेन ?
एन्टिजेन परीक्षणका लागि नाक, घाँटीबाट स्वाब लिनुपर्छ। स्वाबमा  भाइरसको मात्रा धेरै भए मात्रै संक्रमण देखाउन सक्छ। परीक्षणबाट शरीरमा कोरोना भाइरसको प्रोटिन पत्ता लगाउन सकिन्छ। एन्टिजेन परीक्षणले सक्रिय संक्रमणको अवस्थालाई संकेत गर्दछ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको रिसर्च युनिटका संयोजक डा। शेरबहादुर पुनका अनुसार एन्टिजेन परीक्षणबाट शरीरमा भाइरस छ÷छैन थाहा पाउन सकिन्छ। यो विधिमा प्रयोगशालाको आवश्यकता नपर्ने उनको भनाइ छ। ‘एन्टिजेन विधिबाट परीक्षण गर्दा सरल र सहज हुन्छ’, डा. पुनले भने, ‘शरीरमा भाइरसको प्रोटिन हेर्न सकिन्छ।’ 

पीसीआरको तुलनामा एन्टिजेन परीक्षण सस्तो पर्छ। ‘फिल्ड’मा गएर ‘मास स्केल’मा परीक्षण गर्न सजिलो हुन्छ। यसबाट समुदायमा संक्रमणको अवस्था पत्ता लगाउन सकिन्छ। कोरोना भाइरसको कडा लक्षण भएकालाई तत्काल पहिचान गरी अलग पार्न सकिन्छ। संक्रमितलाई छुट्याउँदा भाइरस सर्ने जोखिम कम हुन्छ। पीसीआर परीक्षणको नतिजा आठ घण्टामा आउँछ। एन्टिजेन परीक्षणको नतिजा १५ देखि ३० मिनेटमा प्राप्त हुन्छ।

अमेरिका, भारतलगायत मुलुकमा पनि संक्रमित पत्ता लगाउन एन्टिजेन परीक्षण भइरहेको छ। संक्रमित धेरै भएको सम्भावित स्थानमा मात्र परीक्षण गर्न सुझाव दिइएको छ। कम भाइरस लोड भएको नमुनाबाट सही नतिजा देखाउन सक्दैन। संकलित स्वाबमा भाइरसको मात्रा न्यून छ भने वास्तविक नतिजा देखाउने सम्भावना न्यून हुन्छ। पीसीआर नगरेका व्यक्तिमा एन्टिजेन परीक्षण गराएर संक्रमित पहिचान गर्न सकिन्छ।

निको भए ९५.५ प्रतिशत संक्रमित
कोरोना भाइरसबाट संक्रमितमध्ये ९५।५ प्रतिशत निको भएका छन्। हालसम्म २ लाख ४० हजार ३ सय ६३ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोनाबाट १ हजार  ७ सय ४९ जनाको ज्यान गएको छ। बिहीबार मात्र थप ६ जनाको मृत्यु भएको हो। हालसम्म २ लाख ५१ हजार ६ सय ९२ जनालाई संक्रमण पुष्टि भएको छ। तीमध्ये ६५।३ प्रतिशत पुरुष छन्। त्यस्तै महिला ३४.७ प्रतिशत छन्। सक्रिय संक्रमितको संख्या ९ हजार ५ सय ८० रहेको मन्त्रालयले जनाएको छ। यस्तै अहिले ४ सय ४४ जना क्वारेन्टाइन र ९ हजार ५८० आइसोलेसनमा छन्। २ सय ८१ जनाको आईसीयूमा र ५९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। अन्नपुर्णपोष्ट दैनिक