२० भाद्र २०८३, शनिबार
,
Latest
आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रलाई शेखरको प्रश्न: १० वर्षमा संविधान सुधार गर्नुपर्छ भन्ने बिर्सनु भयो



file photo
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा शेखर कोईरालाले संविधान संशोधनको विपक्षमा रहेका राजनीतिक दलहरुले राम्रोसँग संविधानको अध्ययन नगरेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानमै हरेक १० वर्षमा संविधान संशोधन गर्नुपर्ने उल्लेख गरेको भन्दै कमी कमजोरीलाई सच्याउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले संविधान के—के कुरामा सुधार गर्ने भन्नेबारेमा भने छलफल गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको प्राथमिकतामा संविधान संशोधन, सुशासन र भ्रष्टाचार नियन्त्रण परेको भन्दै खुशी प्रकट गर्नुभयो । उहाँले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा संविधान संशोधन गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधान संशोधनको कुरा गर्दा यस पटक संसदमा दुई तीन वटा कुरा आयो । यो संविधान के खराबी छ र रु यसमा कमी कमजोरी के छ रु चल्दै थियो, किन गर्ने रु भन्नेकुराहरु आए । तर उहाँहरुले एउटा कुरा पढ्नुभएको छैन जस्तो लाग्यो । १० वर्षमा यसलाई पुनरावलोकन गर्नुपर्छ भन्नेकुरा उहाँहरले बिर्सिनुभएछ । यो संविधानमै लेखिएको छ । केके कुरामा पुनरावलोकन गर्ने भन्नेकुरा पक्कै पनि आउँछ । नेपाली काँग्रेस र एमालेको सरकार त बन्यो, यो सरकारको प्राथमिकतामा संविधान सुधार, पुनरावलोकन, परिमार्जन भन्नुस्, के गर्ने हो रु त्यसलाई प्राथमिकतामा राख्नुभएको छ । साथै सुशासन र भ्रष्टाचार नियन्त्रणका कुरालाई पनि उहाँहरुले अत्यन्त महत्वपूर्ण तरिकाले राख्नुभएको छ । आर्थिक विकासका कुराहरुलाई द्रुत गतिमा लैजाने भनेर सात बुँदे सम्झौतामा यि कुराहरु छन् ।’

‘हामीले किन संविधानमा केही सुधार गर्नुपर्छ भनिरहेका छौँ भने राजनीतिक स्थायित्व भएन । यो मिश्रित प्रणालीले गर्दा कुनैपनि दलको बहुमत नआउने भयो, राजनीतिक स्थायित्व भएन र राजनीतिक स्थायित्व नभइकन देश अघि बढ्न सक्दैन । त्यसकारण संविधान सुधारका कुराहरु अघि बढाएका हौँ । कति साथीहरु मिश्रित प्रणाली भएन, समानुपातिक समावेशी भएन भने संविधानको मुलभुत कुरा छ, ति कुरामा नै धावा बोलिन्छ, आक्रमण हुन्छ । उहाँहरुले के बुझ्नु भएन भने यो सरकार बनाउनुपूर्व निर्वाचन भयो, निर्वाचन हुँदा काँग्रेस र माओवादी एक ठाउँमा थियो । सरकार माओवादी र एमालेको बन्यो । त्यसपछि काँग्रेस र माओवादीको बन्यो । फेरि माओवादी र एमालेको बन्यो । प्रधानमन्त्री उही हुनुहुन्छ, पोलिसी चेन्ज भइरहेको छ । अनि देश कसरी अघि बढ्छ । उहाँहरु भन्नुहुन्छ, राम्रोसँग चलिरहेको थियो, किन चेन्ज गरेको । दुई ठूला दल एक ठाउँमा उभिँदा कतै निरंकुशता त जन्मिदैन भन्ने डर छ ।’

सांसद कोईरालाले काँग्रेसबाट सरकारमा गएका मन्त्रीहरुले खादा, माला र स्वागतमै समय बिताइरहेको बताउनु भयो । आफूले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई काममा ध्यान दिन आग्रह गरेको पनि बताउनु भयो । सरकारलाई कुनै गल्ती गरेर असफल हुने छुट नरहेको बताउनु भयो । उहाँले सरकारले जनतामा रहेको निराशालाई आशामा परिणत गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले राष्ट्रलाई प्राथमिकतमा राखेर जनतामा आशा जगाउँदै आर्थिक विकासमा फड्को मार्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मन्त्रीहरु बन्नुभएको छ नेपाली काँग्रेसबाट १० जना जानुभएको छ । खादा, माला र स्वागतमै उहाँहरुको धेरै समय बितिरहेको छ । उहाँहरु आफैँ भन्नुहुन्छ । मैले आग्रह गरेँ, मन्त्रालयको काम गर्न ध्यान दिनुस् भनेको छु । उहाँहरु सचेत भएर अघि जानुपर्छ । किनभने यसचोटी यो सरकारलाई कुनै गल्ती गरेर असफल हुने छुट छैन । कुनै किसिमको कमी कमजोरी हुन दिनु हुँदैन । किनभने दुई ठूला दल मिलेर सरकार बनेको छ । जनतामा निराशा व्याप्त छ । यो अवस्थाबाट आशा र भरोसा दिलाउनु छ । निराशा चिर्नु छ र सँगै आर्थिक विकासमा फड्को मार्नुपर्छ । यो सबै गर्न कठिन छ तर चुप लागेर बसेर हुँदैन । जनताको निराशा चिर्न आशा कसरी जगाउनसक्छौँ त्यो गर्नुपर्छ । आशा जगाउने नाउँमा राष्ट्रलाई प्राथमिकतमा राखेर अघि बढ्नुपर्छ ।’

राजनीतिक स्थायित्वका लागि संविधान संशोधन हुनुपर्ने, निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्ने, समावेशीलाई कुनै आघात नपुग्ने गरी अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले संविधान संशोधन गर्दा संसदभित्रका सबै राजनीतिक दलसँग सहमति गरेर नै अघि बढ्नुपर्ने बतउनु भयो । दुई तिहाई बहुमतको दम्भ गरेर संविधान संशोधन गर्न नहुने बताउनु भयो । सांसद कोईरालाले संविधानमा भएका कमी, कमजोरीलाई सुधार गरेर लैजान नेपाली काँग्रेसले भुमिका खेल्ने बताउनु भयो ।