५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रलाई शेखरको प्रश्न: १० वर्षमा संविधान सुधार गर्नुपर्छ भन्ने बिर्सनु भयो



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा शेखर कोईरालाले संविधान संशोधनको विपक्षमा रहेका राजनीतिक दलहरुले राम्रोसँग संविधानको अध्ययन नगरेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानमै हरेक १० वर्षमा संविधान संशोधन गर्नुपर्ने उल्लेख गरेको भन्दै कमी कमजोरीलाई सच्याउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले संविधान के—के कुरामा सुधार गर्ने भन्नेबारेमा भने छलफल गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको प्राथमिकतामा संविधान संशोधन, सुशासन र भ्रष्टाचार नियन्त्रण परेको भन्दै खुशी प्रकट गर्नुभयो । उहाँले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा संविधान संशोधन गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधान संशोधनको कुरा गर्दा यस पटक संसदमा दुई तीन वटा कुरा आयो । यो संविधान के खराबी छ र रु यसमा कमी कमजोरी के छ रु चल्दै थियो, किन गर्ने रु भन्नेकुराहरु आए । तर उहाँहरुले एउटा कुरा पढ्नुभएको छैन जस्तो लाग्यो । १० वर्षमा यसलाई पुनरावलोकन गर्नुपर्छ भन्नेकुरा उहाँहरले बिर्सिनुभएछ । यो संविधानमै लेखिएको छ । केके कुरामा पुनरावलोकन गर्ने भन्नेकुरा पक्कै पनि आउँछ । नेपाली काँग्रेस र एमालेको सरकार त बन्यो, यो सरकारको प्राथमिकतामा संविधान सुधार, पुनरावलोकन, परिमार्जन भन्नुस्, के गर्ने हो रु त्यसलाई प्राथमिकतामा राख्नुभएको छ । साथै सुशासन र भ्रष्टाचार नियन्त्रणका कुरालाई पनि उहाँहरुले अत्यन्त महत्वपूर्ण तरिकाले राख्नुभएको छ । आर्थिक विकासका कुराहरुलाई द्रुत गतिमा लैजाने भनेर सात बुँदे सम्झौतामा यि कुराहरु छन् ।’

‘हामीले किन संविधानमा केही सुधार गर्नुपर्छ भनिरहेका छौँ भने राजनीतिक स्थायित्व भएन । यो मिश्रित प्रणालीले गर्दा कुनैपनि दलको बहुमत नआउने भयो, राजनीतिक स्थायित्व भएन र राजनीतिक स्थायित्व नभइकन देश अघि बढ्न सक्दैन । त्यसकारण संविधान सुधारका कुराहरु अघि बढाएका हौँ । कति साथीहरु मिश्रित प्रणाली भएन, समानुपातिक समावेशी भएन भने संविधानको मुलभुत कुरा छ, ति कुरामा नै धावा बोलिन्छ, आक्रमण हुन्छ । उहाँहरुले के बुझ्नु भएन भने यो सरकार बनाउनुपूर्व निर्वाचन भयो, निर्वाचन हुँदा काँग्रेस र माओवादी एक ठाउँमा थियो । सरकार माओवादी र एमालेको बन्यो । त्यसपछि काँग्रेस र माओवादीको बन्यो । फेरि माओवादी र एमालेको बन्यो । प्रधानमन्त्री उही हुनुहुन्छ, पोलिसी चेन्ज भइरहेको छ । अनि देश कसरी अघि बढ्छ । उहाँहरु भन्नुहुन्छ, राम्रोसँग चलिरहेको थियो, किन चेन्ज गरेको । दुई ठूला दल एक ठाउँमा उभिँदा कतै निरंकुशता त जन्मिदैन भन्ने डर छ ।’

सांसद कोईरालाले काँग्रेसबाट सरकारमा गएका मन्त्रीहरुले खादा, माला र स्वागतमै समय बिताइरहेको बताउनु भयो । आफूले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई काममा ध्यान दिन आग्रह गरेको पनि बताउनु भयो । सरकारलाई कुनै गल्ती गरेर असफल हुने छुट नरहेको बताउनु भयो । उहाँले सरकारले जनतामा रहेको निराशालाई आशामा परिणत गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले राष्ट्रलाई प्राथमिकतमा राखेर जनतामा आशा जगाउँदै आर्थिक विकासमा फड्को मार्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मन्त्रीहरु बन्नुभएको छ नेपाली काँग्रेसबाट १० जना जानुभएको छ । खादा, माला र स्वागतमै उहाँहरुको धेरै समय बितिरहेको छ । उहाँहरु आफैँ भन्नुहुन्छ । मैले आग्रह गरेँ, मन्त्रालयको काम गर्न ध्यान दिनुस् भनेको छु । उहाँहरु सचेत भएर अघि जानुपर्छ । किनभने यसचोटी यो सरकारलाई कुनै गल्ती गरेर असफल हुने छुट छैन । कुनै किसिमको कमी कमजोरी हुन दिनु हुँदैन । किनभने दुई ठूला दल मिलेर सरकार बनेको छ । जनतामा निराशा व्याप्त छ । यो अवस्थाबाट आशा र भरोसा दिलाउनु छ । निराशा चिर्नु छ र सँगै आर्थिक विकासमा फड्को मार्नुपर्छ । यो सबै गर्न कठिन छ तर चुप लागेर बसेर हुँदैन । जनताको निराशा चिर्न आशा कसरी जगाउनसक्छौँ त्यो गर्नुपर्छ । आशा जगाउने नाउँमा राष्ट्रलाई प्राथमिकतमा राखेर अघि बढ्नुपर्छ ।’

राजनीतिक स्थायित्वका लागि संविधान संशोधन हुनुपर्ने, निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्ने, समावेशीलाई कुनै आघात नपुग्ने गरी अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले संविधान संशोधन गर्दा संसदभित्रका सबै राजनीतिक दलसँग सहमति गरेर नै अघि बढ्नुपर्ने बतउनु भयो । दुई तिहाई बहुमतको दम्भ गरेर संविधान संशोधन गर्न नहुने बताउनु भयो । सांसद कोईरालाले संविधानमा भएका कमी, कमजोरीलाई सुधार गरेर लैजान नेपाली काँग्रेसले भुमिका खेल्ने बताउनु भयो ।