२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संस्कृत केन्द्रीय विभागको भाइरल तस्बिर



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत संस्कृत केन्द्रीय विभागले गुरु पूर्णिमाका दिन गरेको एक कार्यक्रमको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

आइतबार गुरुपूर्णिमा दिन संस्कृत केन्द्रीय विभागले गरेको कार्यक्रममा राखिएको ब्यानरलाई लिइर तस्बिरमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।

तस्बिरमा देखिएको ब्यानरमा नै ‘ह्यापी गुरुपूर्णिमा’ लेखिएको छ । यसले अगुवाहरु नै भाषा बिगार्न उद्दत रहेको देखिन्छ ।

त्यसमाथि ब्यानरमा लेखिएका शब्द पनि अशुद्ध छन् ।

त्रिभुवन विश्वविद्यालयले देशकै सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हो । त्यसमाथि संस्कृत विभाग त झन् भाषामा निपूर्ण नै हुन्छ भन्ने मान्यता छ । तर गुरुपूर्णिमाका दिन गुरुहरुलाई समेत राखेर गरिएको कार्यक्रमको ब्यानर नै अंग्रेजी मिश्रित र गल्ती नै गल्तीले भरिपूर्ण भएपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ ।