२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिशूलीमा हराएका यात्रु खोज्न भारतीय गोताखोरले पनि सकेनन्



अ+ अ-

चितवन । चितवनको त्रिशुली नदीमा बससहित खसेका यात्रुको खोजी गर्न भारतीय गोताखोर टोलीले पनि सकेको छैन ।

भारतबाट समेत गोताखोरसहितको १२ जनाको टोली र नेपालको सशस्त्र प्रहरीको तालिम प्राप्त टोली, नेपाली सेना, नेपाल प्रहरी मिलेर खोजी गरिरहेका छन्, तर पछिल्लो तीन दिनयता खोजी टोलीले न बस न त हराइरहेका यात्रु, केही भेट्न सकेको छैन ।

घटना भएको आज १२ औं दिन भइसकेको छ । तर त्रिशूलीमा हराइरहेका ६२ मध्ये २५ जनाको मात्रै शव भेटिएको छ । बसको नामोनिशान भेटिएको छैन । बाँकी ३७ जनाको पनि अत्तोपत्तो छैन ।

त्रिशूली र नारायणीमा पानीको बहाव उच्च छ । सिमलतालबाट लेदोसहितको पहिरोले बगाएकै दिनदेखि खोजी कार्य चलिरहेको भए पनि बससँग सम्बन्धित सामग्री एउटा पर्दाबाहेक खोजी टोलीले केही पाउन सकेको छैन ।

‘भारतबाट आएका १२ जना र नेपालका सुरक्षाकर्मीको टोलीसहित गर्दा करिब ५०० जना उद्धार टोली नदी र किनारामा खोजिरहेको छ । पछिल्ला तीन दिनदेखि केही भेट्न नसक्दा हराइरहेका यात्रु भेटिने सम्भावना पनि कम हुँदै गएको छ ।

तर, खोजी कहिलेसम्म हुन्छ भन्ने जवाफ स्थानीय प्रशासनले दिन सकेको छैन । सरकारको अनुरोधमा केही सामग्री पानीमुनि देखिए रेकर्ड गरेर पछि हेर्न समेत सकिने आधुनिक प्रविधि सोनार क्यामरा लिएर आएका भारतीय टोली सात दिनसम्म खोजीमा संलग्न हुने जनाइएको छ ।

असार २७ गते भरतपुर– २९ सिमलतालमा माथिबाट खसेको लेदोसहितको पहिरोले काठमाडौंबाट गौर जाँदै गरेको गणपती यातायातको ३६ यात्रु बोकेको बस र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको २६ यात्रु बोकेको एञ्जल डिलक्स यातायातको बसलाई एकै पटक त्रिशूलीमा खसाएको थियो । गणपती यातायातमा सवार तीन जनाले भने त्रिशूलीमा पौडिएर ज्यान जोगाएका थिए ।

बाँकी त्रिशूलीमा हराइरहेका २५ जनाको शव नारायणी किनार, भारतको बिहारको पश्चिम चम्पारणको नदी किनारका विभिन्न स्थानबाट भेटिएको छ । भेटिएकामध्ये दुई जनाको शव पहिचान भएको छैन ।