२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौद्रिक नीतिले निजी क्षेत्रको चासोलाई सम्बोधन गर्नुपर्छः सांसद पुन



अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद वर्षमान पुनले मौद्रिक नीति नीजि क्षेत्रको चासोलाई सम्बोधन गर्नेगरी ल्याउनुपर्ने बताउनुभएको छ ।

सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पुनले नीजि क्षेत्रले सङ्कुचनको महशुस गरिरहेको भन्दै मौद्रिक नीतिमा लचकता अपनाउनुपर्ने बताउनुभएको हो । उहाँले घरजग्गा कारोबार र शेयर कारोबारमा रहेका अपm्ठ्याराहरुलाई फुकाउनुपर्ने बताउनु भयो ।

उहाँले लगानीयोग्य पुँजी बैंकहरुमा थुप्रिएर बसेको भन्दै मौद्रिक नीतिले त्यसलाई चलायमान बनाउनुपर्ने बताउनु भयो । उहाँले नेपाल राष्ट्र बैंकको स्वायत्तता र विज्ञतामा सरकारले हस्तक्षेपमा गर्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘वित्तिय नीति र मौद्रिक नीति एक अर्काका पूरक हुन् । त्यही रुपले आउनुपर्छ । समयमै आउनुपर्छ । खासमा अहिले नीजि क्षेत्रले सङ्कुचनको महशुस गरिराखेको छ । केही कडाइको महशुस गरिराखेको छ । केही लचकता गर्नुपर्छ । घरजग्गा कारोबार, शेयर कारोबारमा रहेका क्यापिङहरु, अप्ठ्याराहरुलाई फुकाउनुपर्छ ।

लगानीयोग्य पुँजी पर्याप्त छ । बैंकहरुमा थुप्रिएर बसेको छ । त्यसलाई चलायमान बनाउनलाई मौद्रिक नीतिले सघाउ पु¥याउनुपर्छ । नेपाल राष्ट्र बैंकको स्वायत्तता र विज्ञतामा हस्तक्षेपमा गर्नु हुँदैन । राष्ट्र बैंकले स्वतन्त्र ढंगले निजी क्षेत्रका चासोहरुलाई सम्बोधन गरोस् । सरकारले लिएको लिएको वित्तिय नीतिलाई समर्थन गर्ने ढंगले आओस् । यसमा कुनै स्वार्थ समुह हाबी नहोस् । मेरो शुभेच्छा छ राष्ट्र बैंकलाई ।’

उहाँले मौद्रिक नीति सरकारले लिएको वित्तिय नीतिलाई समर्थन गर्नेगरी आउनुपर्ने बताउनु भयो । उहाँले मौद्रिक नीतिमा कुनै स्वार्थ समूह हाबी हुन नहुने पनि बताउनु भयो ।




भर्खरै