३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेतनारायण आचार्यले गरे लुम्बिनीको मुख्यमन्त्रीमा दाबी पेस



अ+ अ-

बुटवल । नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

उनले सोमबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

केन्द्रीय सहमति अनुसार नेपाली कांग्रेस र एमालेका गरी ५६ सांसदको हस्ताक्षरसहित आचार्यले दाबी पेस गरेका छन् । ८७ जना सांसद रहेको लुम्बिनी प्रदेशमा बहुमत पुग्न ४४ जना आवश्यक पर्छ ।

आइतबार प्रदेश प्रमुख शेरचनले सोमबार साँझ साढे ६ बजेसम्म बहुमत सदस्यको हस्तान्तरणसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।