११ असार २०८३, बिहीबार
,
Latest
ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरो मन्तव्य व्यक्तिगतरुपमा कसैप्रति लक्षित थिएन– मन्त्री यादव



अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आफ्नो मन्तव्य व्यक्तिगतरुपमा कसैप्रति लक्षित नभएको बताउनुभएको छ । सो मन्तव्यलाई सामान्यरुपमा लिन आग्रह गर्दै आगामी दिनमा यसप्रति सचेत रहने उल्लेख गरेकी छन् । यही माघ ५ गते ‘बलिदानी दिवस’ का अवसरमा रौतहटस्थित गौरमा आयोजित श्रद्धाञ्जलि सभामा दिएको ‘विवादास्पद’ अभिव्यक्ति सम्बन्धमा उनले आज एक प्रेस विज्ञप्ति जारी गरी आफ्नो भनाइ स्पष्ट पारेकी हुन् ।

पार्टीको भ्रातृ सङ्गठन समाजावादी युवा संघले आयोजना गरेको सो समारोहमा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई लक्षित गर्दै गौर हत्याकाण्ड दोहोरिन सक्ने धम्की दिएकी थिइन् । जनमत पार्टीका कार्यकर्ताले समारोहमा आफूलाई अवरोध गर्न खोजेपछि त्यस्तो आक्रोशपूर्ण अभिव्यक्ति दिएकी थिइन् ।

उनले आफूले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दूराशयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्ति दिएको बताएकी छन्। उनले विज्ञप्तिमा भनेकी छन्, “मेरो अभिव्यक्तिलाई लिएर केही भ्रम फैलिएको बुझिन आएकाले सोप्रति गहिरो दुःख व्यक्त गर्दै आफ्नो भनाइ कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको व्यहोरो जानकारीका लागि अनुरोध गर्दछु, साथै उक्त वक्तव्यलाई अतिरञ्जित नगरिदिनुहुन विनम्र आग्रह गर्दछु ।”