२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ति श्री परियारको स्वरमा ‘मै हुँ शिवको शिवानी’ तीज गीत सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाण्डौं । गायिका शान्ति श्री परियारको स्वरमा  ‘मै हुँ शिवको शिवानी’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

मौलिक लोक लयमा आधारित गीतमा भगवान शिवले गरेका योगदान र उनको प्रसंसा गरिएको छ ।

ग्रेट एविजी को ब्यानरबाट युट्युबमार्फत् सार्वजनिक गरिएको गीतको शब्द गीतकार गिता गिरी तथा संगीत भद्र वली रहेको छ ।

कृष्ण देव रुपाखेतीले निर्देशन गरेको भिडियोमा स्मारिका ढकाललाई फिचरिङ गरिएको छ भने भिडियो उत्सव दाहालले खिचेका हुन् । यस्तै,  भिडियोको कोरियोग्राफी अभि वाग्लेले गरेका हुन् भने सम्पादन मिन रावल रहेको छ ।