२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा शुक्रबार २ सय ८७ जना कोरोना संक्रमित थपिए



अ+ अ-

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २८७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १२१ महिला र १६६ पुरुष गरी २८७ जनामा संक्रमण देखिएको छ। संक्रमण हुने मध्य काठमाडौँमा २०२, ललितपुरमा ७६ र भक्तपुरमा ९ जना कोरोना भाइरस संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ। ५ हजार ७०६ स्वाब नमूनाको पीसीआर परीक्षण गराउँदा  ७ सय ८२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।