१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता

आम नागरिकको चाहनाअनुसार संविधान संशोधन हुन्छ: उपप्रधानमन्त्री सिंह

आम नागरिकको चाहनाअनुसार संविधान संशोधन हुन्छ: उपप्रधानमन्त्री सिंह
अ अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले आम नागरिकको चाहनाअनुसार संविधान संशोधन हुने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र विषयक विचार गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानको विशेषता नै संविधानमा उल्लेखित दफाहरु विधि, प्रक्रिया पूरा गरेर परिवर्तन गर्न सकिने बताउनु भयो । उहाँले समयको माग, जनताको चाहनाअनुसार संविधान परिवर्तन हुने बताउनु भयो ।

उहाँले संघीयताको मर्म र भवनाअनुसार कानूहरु बनाउन नसक्दा अहिलेको परिस्थिति सिर्जना भएको बताउनु भयो । उहाँले जनताको चाहना पूरा गर्नका लाग काँग्रेस र एमाले मिलेर सरकार बनाएको बताउनु भयो । उहाँले युवाहरु रोजगारीको खोजिमा विदेशिनुपर्ने बाध्यतको अन्त्य, अर्थतन्त्र चलायमान बनाउन, विकास निर्माणका गतिविधि अघि बढाउनका लागि सरकारले काम गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘खासगरी हामीले प्रथम संविधान सभा भन्नुस्, दोस्रो संविधान सभा यो खासगरी काँग्रेसकै नेतृत्वमा अहिलेको नयाँ संविधान जारी गरेका हौँ । तर संविधान जारी गर्दाखेरी यो संविधानको विशेषता के हो भन्दा एउटा प्रोसेस पूरा गरेर कुनै त्यो संविधानमा उल्लेखित जुन दफाहरु छन्, ति दफाहरु परिवर्तन गर्नको लागि विधि, प्रक्रिया पूरा गरेर त्यसलाई समयको माग, जनताले चाहेअनुसार हुन्छ । सार्वभौम सत्ता जनतामा निहित हुनेकुरा र राष्ट्रियताको बारेमा बाहेक अरु सबैमा संशोधन गर्नसक्ने प्रावधान भएकाले यो समयको माग बमोजिम हामीले संविधान जारी गरिसकेपछि पनि आम निर्वाचन भएका छन् ।’

‘तर अभ्यासमा संघीयताको मर्म र भवनाअनुसार संघीय संसद बनाउन पनि संविधान, कानूनहरु हामीले समयमा बनाउन नसकेको कारणले हो की के हो, तीन तहको सरकारको पूर्ण रुपमा तीन तहकै सरकारहरु अधिकार सम्पन्न भएर काम गरेको भए यो अवस्था आउने थिएन । अहिले काँग्रेस र एमाले मिलेर जुन सरकार बनेको छ, यो सरकार खास गरेर अहिले हामीले जुन जनताको चाहनाअनुसार जुन अपेक्षलाई पूरा गर्नको लागि हो । यो भन्दा अघि त अरु सरकार पनि बनेका थिए, तर संसदीय अभ्यासमा अहिलेको अवस्थामा दुई ठूला राजनीतिक दल मिलेर र अरु साना दलहरुलाई पनि साथमा लिएर परिस्थितिलाई अझ सुधार गर्न र जनतालाई राहत दिन वर्तमान सरकार बनेको छ । अहिले युवाहरु बेरोजगारको कारणले गर्दा रोजगारीको खोजिमा विदेशिनुपर्ने यि सबै कुराहरुलाई मध्यनजर गरी नेपालको अर्थतन्त्रलाई अझ चलायमान गर्नको लागि र नेपालको म्यानुफ्याक्चरिङ सेक्टरहरु जुन अहिले पूर्ण रुपमा अघि बढ्न नसकेको कुरालाई ध्यान दिएर हामीले काम गर्नुछ ।’

उपप्रधानमन्त्री सिंहले तीन तहकै सरकार अधिकार सम्पन्न भएर काम गरेको भए अहिलेको अवस्था नआउने दाबी गर्नुभयो । —