१ चैत्र २०८१, शुक्रबार
March 14, 2025 Friday
Latest
आधारभूत तह उत्तीर्ण परीक्षा समितिको बैठक सार्क राष्ट्रका विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउन तयारीका लागि समिति गठन परोपकार प्रसूति अस्पतालको अध्यक्षमा डा पाण्डे नियुक्त पशुपति क्षेत्रको ऐतिहासिक अग्निहोतृशाला वैशाखदेखि सञ्चालन हुने पूर्वविशिष्टलाई आजीवन सुविधा दिन लागेको भन्दै अनर्गल प्रचार गरियोः उपप्रधानमन्त्री सिंह रुखले च्यापिएर दैलेखमा दुई जनाको मृत्यु पारा एथलेटिक्स टोली स्वदेश फर्कियो मलङ्गवामा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिंँदै कार्नी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा दुई लाख १६ हजार पशुलाई लगाइयो खोप



अ+ अ-

ढोरपाटन । बागलुङमा दुई लाख १६ हजार ७२ पशुलाई विभिन्न रोगविरुद्धको खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले जिल्लाका दश स्थानीय तहका ८५ वटा वडामा पशु प्राविधिक खटाएर खोप लगाएको हो ।

पशु प्राविधिकले किसानका गोठमै पुगेर भैँसी, राँगा, गार्ई, गोरु, बाख्रा, बुङ्गुर, कुकुरलगायत पशुलाई विभिन्न रोगविरुद्धको खोप लगाएका हुन् । सबैभन्दा बढी भेडाबाख्रा र सबैभन्दा कम बुङ्गुरलाई खोप लगाइएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका अनुसार एक लाख १७ हजार पाँच सय ६७ भेडाबाख्रा र दुई हजार एक सय १० बुङ्गुरमा खोप लगाइएको छ ।

यस्तै, २१ हजार पाँच सय ४६ गाईगोरु, ४९ हजार नौ सय ४६ भैँसीराँगा, नौ हजार सात सय ५० कुकुरलाई खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका सूचना अधिकारी केशवराज शर्माले जानकारी दिनुभयो । पशुचौपायामा देखिने खोरेत, रेबिज, चर्चरे, भ्यागुते, पिपिआर र स्वाइन फिभरलगायत खोप लगाइएको उहाँको भनाइ छ । विज्ञ केन्द्रले अगुवा कृषकसँग छलफल गरी स्थानीय तहका पशुचौपायाको तथ्याङ्क सङ्कलन गरेर किसानका घरघरमै पुगेर खोप लगाउने शर्माले जानकारी दिनुभयो ।

केन्द्रबाट हरेक स्थानीय तहमा दुई समूहमा खटिएका प्राविधिक तथा स्वास्थ्यकर्मीको टोलीले १५/१५ दिनसम्म घरदैलोमै खोप अभियान सञ्चालन गरेका थिए । जिल्लाका दूरदराजसम्म पुगेर प्राविधिकले पशुचौपायालाई खोप लगाउनुपर्ने हुँदा गत माघबाट खोप अभियान सञ्चालन गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “खोप अभियानलाई प्रभावकारी बनाउनका लागि जिल्लाका सबै वडामा ८५ जना प्राविधिक खटाएका थियौँ, उहाँहरुले किसानका गोठसम्मै पुगेर पशुचौपायालाई खोप लगाउनुभएको थियो, अघिल्ला वर्षहरुमा पशुलाई खोप लगाउँदा दूध घटाउँछ, बिरामी पर्छन् भनेर नमान्ने किसानहरु पनि यस वर्ष उत्साहका साथ अभियानमा सहभागी हुनुभयो, गत वर्ष पशुमा देखिएको लम्पी स्किन रोगका कारण किसानले धेरै नोक्सानी ब्यहोर्नु परेको थियो ।”

खोप अभियान सञ्चालनका लागि सरकारले रु एक करोड ४० लाख बजेट विनयोजन गरेकामा रु एक करोड १० लाख खर्च भएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र प्रमुख डा ऋषिराम सापकोटाले बताउनुभयो । उहाँले पछिल्लो समय किसानमा पशुचौपायलाई खोप लगाउनुपर्छ भन्ने चेतनाको वृद्धि भएको बताउनुभयो ।

पहिले गोठमै गएर खोप लगाउन आग्रह गर्दा पनि नमान्ने किसान अहिले पशु नै लिएर भेटेरिनरी अस्पताल आउन थालेको सापकोटाले बताउनुभयो । यस वर्ष खोप अभियान निकै प्रभावकारी भएको उहाँ बताउनुहुन्छ ।