२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुईतिहाइ पाएपछि अब काठमाडौंदेखि दाउन्नेसम्म गाडीमा जान प्रधानमन्त्रीलाई भीमार्जुनको सुझाव



अ+ अ-

काठमाडौँ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍बाट दुईतिहाइ मत पाएपछि वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्यले देशका सडकको अवस्थाबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

उनले प्रधानमन्त्रीलाई एक पटक काठमाडौंदेखि दाउन्नेसम्म यात्रा गरेर काम अघि बढाउन सुझाव दिएका छन् ।

‘प्रधानमन्त्रीलाई संसद्मा दुईतिहाइ बढीको विश्वासको मत प्राप्त भएको छ । यसको भरपुर सदुपयोग गर्ने बचन प्रधानमन्त्रीले दिनुभएको छ ’, उनले भनेका छन्, ‘पहिलो काम एकपटक तत्कालै काठमाडौंबाट दाउन्नेसम्मको यात्रा गाडीमा गर्नुपर्‍यो ।’

यस्तै, उनले दशैँ आउनुपहिले पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिरका राजमार्गहरू यात्रा गर्न लायक हुनुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएका छन् ।

‘दशैं आउनु पहिले पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिरका राजमार्गहरू यात्रा गर्न लायक हुनुपर्छ । अरू “ठूला”काम त्यसपछि गरे हुन्छ प्र.म. ज्यू । ’ उनले भनेका छन् ।

काठमाडौंदेखि पृथ्वी राजमार्ग हुँदै मुग्लिन–नारायणगढ सडक छिचोल्दा ज्यान जोगाउनै मुश्किल भएको छ भने उता नारायणगढदेखि नवलरासी हुँदै दाउन्नेसम्मको सडकको हालत ‘विजोग’ रहेको छ ।