२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल टी–२० खेल्न सन्दीप क्यानडा प्रस्थान



file-photo
अ+ अ-

काठमाडौँ । नेपाली क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने ग्लोबल टी–२० लिग खेल्न क्यानडा गएका छन् । सोमबार सामाजिक सञ्जालमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालको फोटो हाल्दै सन्दीपले क्यानडाको लागि प्रस्थान गरिएको जानकारी दिएका हुन् ।

ग्लोबल टी–२० यही २५ जुलाईदेखि सुरु हुँदैछ । लिगमा नेपाली टीमबाट सन्दीपसहित दीपेन्द्र सिंह ऐरी र कप्तान रोहितकुमार पौडेल पनि अनुबन्धित छन् ।

सन्दीप र दीपेन्द्र भ्यानकुभर नाइट्सबाट खेल्दैछन् भने रोहित टोरन्टो नेशन्समा आबद्ध छन् । सन्दीपले चौथो, दीपेन्द्र दोस्रो तथा रोहित पहिलोपटक यो लिग खेल्नेछन् ।

भ्यानकुभर र टोरन्टोबीचको खेल आउँदो बिहीबार राति ८ बजेदेखि सुरु हुनेछ ।