४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट

यस्तो छ वरिष्ठ कलाकार हरिबंश आचार्यको स्वास्थ्य अबस्था

यस्तो छ वरिष्ठ कलाकार हरिबंश आचार्यको स्वास्थ्य अबस्था
अ+ अ-

काठमाडौं । वरिष्ठ कलाकार हरिबंश आचार्यले आफनो स्वास्थ्य अबस्था सुधारउन्मुख रहेको जनाउनु भएको छ ।

विराटनगरस्थित हिमगिरी हाइजिङको ब्रान्ड एम्बेस्डर बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न बिराटनगर पुग्नु भएका आचार्यको अचानक नाकबाट रगत बगेपछि उनी विराटनगर अस्पतालमा भर्ना हुनु भएको थियो ।

विराटनगरस्थित हिमगिरी हाइजिङको ब्रान्ड एम्बेस्डर बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडीका मदनकृष्ण श्रेष्ठ र हरिवंश शनिबार विराटनगर पुग्नु भएको थियो ।

आचार्य बिरामि भएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वास्थ्यअवस्था बारे जानकारी लिनु भएको थियो ।

आफनो स्वास्थ्य अबस्थाबारे जानकारी दिदै आचार्यले सामाजिक संञ्जालमा लेख्नु भएको छ ।

शनिबार हिमगिरी प्रालि उधोगको आतिथ्यमा मदनदाइ र म बिराटनगर आएका थियौ । अचानक नाकबाट रगत बगेर होटल नजिकै भएको सप्तकोसी अस्पताल पुगे र त्यहाबाट विराट नर्शिङ होम Ent department मा उपचार हुदैछ र म सामान्य अबस्थामा छु ।

अस्पताल पुग्दा मेरो ब्लड प्रेशरहरु सामान्यै थियो।धेरैलाइ High blood pressure को कारण होकि भन्नेले चिन्तित तुल्याएछ ।नाकभित्रको सानो नसा फुटेको रहेछ र त्यसलाइ टाल्ने काम भईसकेको छ र अहिले सामान्य अबस्थामा स्वास्थ लाभ गरिरहेकोछु ।उपचारको क्रममा बिराट नर्शिङ होम परिबार ,डा .राजिब शाहको चिकित्क टिमलाइ धन्यबाद दिन चाहन्छु ।

मेरो स्वास्थ प्रति चासो ब्यक्त गर्दैकोसि प्रदेशका मुख्य मन्त्री ,माननिय हिक्मत कार्किज्यु प्रति आभारी छु साथै हिमगिरी उधोग प्रा लि सदस्यज्यु र कर्मचारीज्युहरुले गर्नु भएको माया ,सद्भभाब र सहयोग प्रति आभारी छु ।देश बिदेशमा रहनु भएका नेपाली दाजुभाइ दिदी बहिनी र संम्पुर्ण पत्रकार जगतलाइ मेरो स्वास्थ्य प्रति यतिधेरै सद्भाब प्रकट गरिदिनु भएकोमा आभारी छु ।