• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   मादीनदीले बगाएका बालक अझै भेटिएनन ★   कास्कीमा डेङ्गीबाट तीनको मृत्यु, ३७ सयबढी सङ्क्रमित ★   प्रतिनिधिसभाको बैठक सुरु, सहकारी छानबिन समितिको प्रतिवेदन पेस हुँदै ★   सरकारले एक महिनाभित्र भूमि समस्या समाधान आयोग बनाउँछ: भूमि मन्त्री अधिकारी ★   धोबीखोलाले बगाएको ट्याक्सी यूएन पार्कनजिक भेटियो ★   आज माओवादीले सदन अवरोध नगर्ने, प्रधानमन्त्रीलाई बोल्न दिने ★   राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित ★   चर्चामा चलचित्र ‘ज्वाइँ साब’ ★   धार्मिक गन्तव्यस्थल बन्दै छाब्दीवाराही मन्दिर ★   पृथ्वीले पायो १० मिटरको फुच्चे चन्द्रमा, २ महिना पृथ्वीको परिक्रमा गरेपछि सूर्यतर्फ फर्किने

काठमाडौंमा चिनियाँ जनमुक्ति सेनाको ९७ औं स्थापना दिवस



काठमाडौं । चिनियाँ जनमुक्ति सेनाले आफ्नो ९७ औं वार्षिकोत्सव मनाएको छ ।

चिनियाँ दूतावासले र्‍याडिसन होटलमा विशेष कार्यक्रमका साथ आफ्नो सेनाको ९७ औं वार्षिकोत्सव मनाएको हो ।प्रधानसेनापति प्रभुराम शर्मा प्रमुख अतिथि रहनुभएको कार्यक्रममा गृहसचिव एकनारायण अर्याल,नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकहरु,राष्ट्रिय अनुसन्धान विभागका प्रमुख,लगायत उच्चपदस्थ सरकारी अधिकारीहरुको उपस्थिति थियो ।
काठमाडौंस्थित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधि,सैनिक सहचारी, विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित ब्यक्तित्व,पत्रकार,राजनीतिज्ञ लगायत सो कार्यक्रममा सहभागी थिए ।