५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधन गर्नुपरे सबै दलको सहमति लिने प्रयास हुन्छः योगेश भट्टराई



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले विपक्ष दलहरुलाई पनि साथमा लिएर सरकार अघि बढ्ने बताउनुभएको छ ।

आईतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सबै राजनीतिक दलहरुसँग सहमती गरेर मात्रै संविधान आवश्यकताअनुसार संशोधन गर्न लागिपर्ने समेत बताउनु भयो । सचिव भट्टराईले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने र संविधान संशोधनका लागि सबै दलहरुको सहमती लिने मुख्य दुई ठूला काममा सरकार केन्द्रित हुने बताउनु भयो ।

दुई ठूला दल एमाले र काँग्रेस एक ठाउँमा आउनुको अर्थ जनताको आशा अनुसार काम गर्नु रहेको उहाँको भनाई थियो । सचिव भट्टराईले सरकारले वैदेशिक लगानी भित्र्याउनका लागि पनि सक्दो पहल गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘असाधारण ढंगले काम गर्न हामी दुई ठूला दल एक ठाउँमा आएका हौं । यसका केही ऐतिहासिक दायित्वहरु छन । मूलत यसले नेपालको अर्थतन्त्रलाई सकारात्मक दिशा दिने, गति प्रदान गर्ने, देश भित्र लगानीको वातावरण बनाउने, वैदेशिक लगानीको निम्ति पनि उपयुक्त वातावरण बनाउने, देश भित्र रोजगारीको अवसरहरु बढाउने र विदेश पलायन भएका जनशक्तिलाई देश भित्रै कामको एउटा वातवारण बनाउने यसको मुख्य दायित्व हुनेछ । साथै देशभित्र आत्माविश्वास बढाउने, जनतामा एउटा आत्माविश्वास बढाउने, राजनीतिक दलको बीचमा सहमती निर्माण गर्ने र त्यो सहमतीमार्फत संविधानको पुरावलोकन गर्ने, समिक्षा गर्ने र आवश्यक पर्यो भने संविधान संशोधन गर्ने सहमतिका साथ ।

यसको अर्को दायित्व छ । र, यसले नेपालको विकास, निर्माणमा सहयोग गर्दै आएका दिपक्षीय, बहुपक्षीय अन्तराष्ट्रिय निकायहरु छन । उहाँहरुसँग अझै महत्वपुर्ण सम्बन्ध विकास गर्दै नेपाल भित्र वैदेशिक लगानीको एउटा वातावरण बनाउने । र यीनै कुराको माध्यामबाट देशमा उत्साहको वातावरण बनाउने उद्देश्यका साथ नेपाली काँग्रेस र नेकपा एमाले एक ठाउँमा आएका छौं । विपक्षमा रहेका दलहरुलाई सरकारको पक्षमा ल्याउने हाम्रो कोशिस हुन्छ । संविधान संशोधन गर्दा हामी दुई तिहाई बहुमत मात्रै होइन, सकेसम्म सर्वसम्मत रुपमा संविधान संशोधन गर्ने कोशिस हामी गर्नेछौं । त्यसैका लागि हाम्रो यो गठबन्धन हो ।’

सचिव भट्टराईले विपक्ष दलहरुले दिएको सुझावलाई ग्रहण गरेर सरकार अघि बढ्ने बताउनु भयो ।