२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन



अ+ अ-

मान्म । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८ को टाकुल्लामा पहिरो गएर अवरुद्ध भएको राजमार्ग सञ्चालनमा ल्याइएको छ । आज बिहानदेखि अवरुद्ध बनेको कालीकोट–जुम्ला खण्डको टाकुल्लामा गएको पहिरो पन्छाएर यातायात सञ्चालन गरिएको हो ।

स्थानीय, प्रहरी, सडक डिभिजन कार्यालय जुम्लाको समन्वयमा पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताउनुभयो । “कर्णाली राजमार्गमा वर्षात्का समयमा पहिराको जोखिम उच्च रहेकाले विशेष ध्यान दिएर यात्रा गर्न पटकपटक सूचना जारी गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “आज बिहान खसेको पहिरो पन्छाएर अहिले राजमार्ग पूर्ण रुपमा सञ्चालन भइरहेको छ ।”

सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सडक डिभिजन जुम्लाले आग्रह गरेको छ । अविरल वर्षाका कारण कर्णाली राजमार्ग र नाग्म–गमगडीका विभिन्न खण्डमा सडक अवरुद्ध हुने गरेकाले अवस्था बुझेर यात्रा गर्न डिभिजन कार्यालयले आग्रह गरेको हो ।

सडक डिभिजनको जुम्लाको कार्यक्षेत्र कर्णाली राजमार्गअन्तर्गत दैखोला–कालीकोट हुँदै नाग्मसम्म र नाग्म–गमगढी सडकका विभिन्न खण्ड पहिराको उच्च जोखिममा रहेका छन् । रासस