५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकमा राजनीतिक अस्थिरताको कारण काँग्रेस र एमाले हुन्ः अध्यक्ष लिङदेन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकमा राजनीतिक अस्थिरताको कारण काँग्रेस र एमाले भएको बताउनुभएको छ ।

आईतवार प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्ने जानकारी गराउँदै यस्तो बताउनुभएको हो । उहाँले गणितले मात्रै काम गर्ने भएको भए कम्युष्टि पार्टी एक्लैले करिव दुई तिहाई मत ल्याउँदा पनि पाँच वर्ष सरकार चल्न नसकेको बताउनु भयो । उहाँले काँग्रेसले पटक–पटक एक्लै बहुमत ल्याउँदा पनि स्थिरता नभएको बताउनु भयो । उहाँले संविधानमा निर्वाचन र नियुक्ति प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अहिले मुलुकमा स्थिरता नहुनु,समावेशी,समानुपातिकमा साना दलहरु होइनन् । दुई दलहरुको क्रियाकलाप मुख्य हुन् । साना दलहरुलाई आवश्यक परेको बेला फुटाउनु हुन्छ । साना लोभ देखाएर फाउँदैसँगै बसाउनु हुन्छ । चलखेल तपाईहरु गर्नुहुन्छ । गणितले मात्रै काम गर्ने भएको भए कम्युष्टि पार्टी एक्लैले करिव दुई तिहाई मत ल्याएको होइन । किन पाँच वर्ष सरकार चलेन । काँग्रेसले पटक–पटक एक्लै बहुमत ल्याएको होइन । साना दल र समानुपातिको समस्या होइन । काँग्रेस र एमालेको प्रवृत्ति र चरित्र हो । संविधानमा सुधार गर्नुपर्ने धेरै कुराहरु छन् । निर्वाचन,नियुक्ती प्रणालीमा सुधार गर्नु छ । न्यायलयमा कारिदा नियुक्त गरेर मुलुकमा सुशासन कायम हुँदैन ।’

उहाँले न्यायलयमा पार्टीका कारिन्दा नियुक्त गरेर मुलुकमा सुशासन कायम हुन नसक्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल