२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ हुनेगरी संविधान संशोधन हुन्छः देउवा



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरुबीच संवाद र सहमती गरेर अघि बढ्ने कुरामा आफूहरु स्पष्ट रहेको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राख्नुभएका विश्वासको मत सम्बन्धि प्रश्तावमाथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनुभएको हो । सभापति देउवाले संविधान संशोधन गर्दा ‘संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ पनि बताउनु भयो ।

उहाँले देशका विद्यमान जटिलतालाई हटाउनका लागि संविधान संशोधन गर्ने कुरा लोकतान्त्रिक प्रक्रिया भित्रै पर्ने भएकाले यसलाई अन्यथा ठान्न नहुने बताउनु भयो ।

सभापति देउवाले भन्नुभयो, ‘संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ । संविधान संशोधन गर्दा नेपालमा क्रियाशील सबै राजनीतिक दलहरुबीच संवाद, सहमतीबाट गर्न उचित हुन्छ भन्ने विषयमा हामी स्पष्ट छौं । गत असार १७ गते नेपाली काँग्रेस र नेकपा एमालेका बीचमा सहमती भएको अवगत नै छ । सोही अनुसार नेकपा एमालेका नेता केपी शर्मा ओली नेपाली काँग्रेस समेतको समर्थनमा उहाँ विश्वासको मतका लागि आज प्रतिनिधि सभामा प्रश्तुत हुनुभएको छ ।’

सभापति देउवाले मुलुकलाई समृद्ध बनाउन राजनीतिक स्थिरता चाहिएकाले काँग्रेस र एमाले दुई ठूला दल मिलेर सरकार बनाउनु परेको बताउनु भयो ।