१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता

दिवा सेवा केन्द्र ज्येष्ठ नागरिकलाई दौँतरी भेट्ने थलो बन्दै

दिवा सेवा केन्द्र ज्येष्ठ नागरिकलाई दौँतरी भेट्ने थलो बन्दै
अ अ+ अ-

देउखुरी । घोराही उपमहानगरपालिका–६ का मनकला अधिकारी ८२ वर्षका पार गर्नुभयो । पन्ध्र वर्षअगाडि श्रीमान्को निधन भएपछि उहाँ एक्लै हुनुभयो । बिहान–बेलुकाको समय घरमा छोराबुहारी नातीनातिनासँग बित्ने गर्छ ।

दिउँसो समय बिताउन उहाँलाई निकै सास्ती हुने गरेको थियो । दिउँसो निन्द्र नलाग्ने, आलस्य हुने समस्याले उहाँ चिन्तित हुनुहुन्थ्यो । घोरही–६ गुरुवागाउँमा स्थापना भएको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा आउन थालेदेखि रमाइलो लाग्ने गरेको अधिकारीले बताउनुभयो । “यहाँ दैनिक भजन, कीर्तनसहित रमाइलो गरिन्छ । भजनमा नाच्न मन लाग्छ, खुट्टाले साथ दिँदैन, हेरेरै रमाइलो गर्छु,” उहाँले भन्नुभयो ।

जीवनको उत्तराद्र्धमा ज्येष्ठ नागरिकलाई दिन गुजार्न धौधौ भएको समयमा दिवा सेवा केन्द्र मन भुलाउने थलो भएको छ । “एउटै टोलका बासिन्दा भए पनि सामान्यतया: भेटघाट हुन मुस्किल पर्ने गरेको थियो । सामूहिक भेटघाटको अवसर केन्द्रले गराएको छ । दिनभर रमाइलो हुने भएकाले समय गएको पत्तै हुँदैन”, अधिकारीले भन्नुभयो ।

घोराही–६ का एकराज अधिकारी ८१ वर्षका हुनुभयो । उहाँ पूर्वकर्मचारी हुनुहुन्छ । अवकाश भएपछि घरमा दिन बिताउन गाह्रो भएको थियो । केन्द्रमा दिउँसो भेला हुन थालेपछि उहाँको एक्लोपनमा परिवर्तन आएको छ । “दिउँसोको समयमा रामायण, महाभारत भागवत गीतालगायत पुस्तक पढ्ने गछौँ”, उहाँले भन्नुभयो, “मादल, हार्मोनियम बजाउँछौँ, भजनकीर्तन गर्र्ने, हाँसो ठट्टा गरेर रमाइलो गर्छौं, आफ्ना दौँतरीसँग भेट हुँदा छुट्टै आनन्द आउँछ ।”

सुगर, प्रेसरजस्ता दीर्घ रोग बोकेर घरमा एक्लो जीवन गुजार्दा समस्या झन् बल्झिने डर रहेको भन्दै यहाँ आउन थालेपछि धेरै राम्रो भएको एकराजले बताउनुभयो । “अरू रोगका साथै खुट्टामा समस्या छ, हिँड्डुल गर्न समस्या हुन्छ । छोराले मोटरसाइकलमा पुर्‍याउने गरेको छ”, उहाँले भन्नुभयो, “सबै जम्मा भएर यहाँ दिनभरि रमाइलो गर्छौं । मन हलुङ्गो हुन्छ ।”

घोराही–६ शुभलक्ष्मी टोलका बामदेव अधिकारी पूर्वशिक्षक हुनुहुन्छ । उहाँलाई नसाको समस्या भएकाले सजिलोसँग हिँड्डुल गर्न समस्या छ । घरमा दिनभर बस्न पनि सास्ती हुने गरेकाले विस्तारै केन्द्रमा आउने गरेको बामदेवले बताउनुभयो । “केन्द्रमा दाँैतरीसँग भलाकुसारी गर्दा समय गएको पत्तो हुँदैन, रमाइलो हुने गरेको छ”, उहाँले भन्नुभयो ।

घोराही–६ मा रहेको दिवा सेवा केन्द्रका अध्यक्ष पदमप्रसाद अधिकारीले दिनभर रमाइलो गराउन र ज्येष्ठ नागरिकलाई एकअर्कासँग परिचित गराई निराशा हटाउन केन्द्र सञ्चालन गरिएको बताउनुभयो । यसअघि दिनभर एक्लै घरमा बस्दा मनमा अनेक कुरा खेल्ने र खिन्न हुने समस्या रहेकामा केन्द्रमा आउने सबै ज्येष्ठ नागरिक हसिला, खुसिला र फूर्तिला देखिने गरेका उहाँले जानकारी दिनुभयो ।

केन्द्रमा दैनिक २० देखि २५ जना ज्येष्ठ नागरिक आउने गरेका अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँका अनुसार वडाभित्रका गुरगै, जजरागाउँ, चैनपुर, अघरा र गुरुवागाउँका ज्येष्ठ नागरिक यहाँ आउने गरेका छन् । केन्द्रमा ९५ जना ज्येष्ठ नागरिकको नाम दर्ता भएको उहाँले जानकारी दिनुभयो ।

“यहाँ साथीहरुसँग दु:ख, सुख साटासाट हुन्छ, एक आपसमा रमाइलो गरेर दिन बिताउने गरेका र्छौं”, बामदेवले भन्नुभयो, “स्थानीय सरकारले दिनभरि भए पनि भेटघाट गर्ने वातावरण बनाउन केन्द्र स्थापना गरेर बुढेसकालको एक्लोपना हटाउने प्रयास गरिरहेका छ ।”

उक्त केन्द्रमा हार्मोनियम, मादललगायत सांस्कृतिक सामग्री सहयोग गरिएको उपमहानगर प्रमुख नरुलाल चौधरीले बताउनुभयो । ज्येष्ठ नागरिकहरुसँग विभिन्न अनुभव र ज्ञान भएकाले उहाँहरको अनुभव र ज्ञान साटासाट गर्न/गराउन तथा उहाँहरुको स्वास्थ्यलाई दृष्टिगत गरेर दिउँसोको समय सदुपयोग गरिएको उहाँले बताउनुभयो ।

ज्येष्ठ नागरिक स्वाथ्य कार्यक्रमअन्तर्गत केन्द्रबाटै प्रत्येक महिना नि:शुल्क स्वास्थ्य सेवा दिने गरिएको प्रमुख चौधरीले जानकारी दिनुभयो । दिनभरि घरमा बस्दा विभिन्न स्वास्थ्य समस्या हुने भएकाले उहाँका लागि भेटघाट हुने थलो बनाइएको बताउँदै थोरै लगानीमा धेरै ज्येष्ठ नागरिकले खुसी हुने गर्नुभएको उहाँले उल्लेख गर्नुभयो ।