१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

​​​​​​​एनपिएल आयोजना हुन्छ : क्यान अध्यक्ष चन्द



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले कोभिडका कारण रोकिएको क्रिकेट खेलले विस्तारै गति लिने बताउनुभएको छ ।

लामो समयदेखि क्रिकेटका कुनैपनि खेल हुन नसकेको अवस्थामा अब भने क्यानले नेपाल प्रिमियर लिग सहित विभिन्न घरेलु खेलहरुको आयोजना छिट्टै गर्न लागेको बताउनुभयो । शनिवार धनगढीमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष चन्दले नेपालको क्रिकेटलाई विश्वस्तरीय बनाउन धेरै सुधार गर्नुपर्ने र क्यानले त्यसतर्फ ध्यान दिएको पनि प्रष्ट पार्नुभएको छ । विश्वभर चर्चा पाउने गरी एनपिएल आयोजना गरिने पनि अध्यक्ष चन्दले बताउनुभयो । यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुनभएका डेभ वाटमोरको कारण क्रिकेट विकासमा टेवा पुग्ने अध्यक्ष चन्दले बताउनुभयो ।

क्यानलाई पारदर्शी बनाउने र विभिन्न उमेर समूहका खेलाडीहरूको छनौट गर्दा उनीहरूको क्षमतालाई मुख्य प्राथमिकता दिने समेत अध्यक्ष चन्दले बताउनुभयो । यस्तै निजी स्तरमा सञ्चालन भइरहेका लिगहरूलाई पनि कानूनी दायरामा ल्याउने बताउनुभयो । सरकारले नेपालको क्रिकेट विकासमा ध्यान दिन नसक्दा नेपाली क्रिकेटले लक्ष्य अनुसार फड्को मार्न नसकेको पनि अध्यक्ष चन्दले बताउनुभयो ।