२४ भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने रास्वपाको निर्णय



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

बैठकले पार्टीका सांसदहरूलाई विपक्षमा मतदान गर्न ह्वीप समेत जारी गरेको छ ।

यस्तै, बैठकले बलियो प्रतिपक्षको भूमिकामा पार्टीले निर्वाह गर्ने निष्कर्ष निकालेको उनले जनाए । उनले भने, ‘यो गठबन्धन लोकतन्त्रको पक्षमा छैन । त्यसैले हामी प्रतिपक्षको जिम्मेवार भूमिका निभाउँछौं । अन्य दलहरूसँग पनि कसरी प्रतिपक्षमा रहने भन्नेबारे छलफल भएको हो । विपक्षी मोर्चा बनाउँदैनौं ।’

प्रतिनिधिसभामा उपसभामुखबाहेक रास्वपाका २० सांसद छन् ।