२८ मंसिर २०८२, आईतवार
,
Latest
एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित श्रममन्त्री भण्डारी र जेनजी अगुवाबीच भेटवार्ता बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ मेलम्चीमा अनियमिता: भीम उपाध्याय समेतविरुद्ध सर्वोच्च गयो अख्तियार अवैध काठ बरामद निर्वाचन पहिलो प्राथमिता : मन्त्री सिन्हा स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोडः स्वास्थ्यमन्त्री शर्मा पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युरोडमा फुटपाथ विस्तारविरुद्ध सडकबाटै काम गर्न थाले वडाध्यक्ष चिनकाजी महर्जन



तस्बिर:सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोडमा गरिरहेको फुटपाथ विस्तारविरुद्ध विरोध जनाउदै वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जनले सडकबाटै कामकाज थालेका छन् ।

फुटपाथ विस्तारको विरोध गर्दै आएका वडाध्यक्ष महर्जनले २२ वडाका सम्पूर्ण कामकाज सडकबाट थालेका हुन् ।

फुटपाथ बिस्तार निर्णय फिर्ता नभएसम्म सडकबाटै कामकाज हुने उनले बताए । उनले धर्मपथ सडक खण्डको नेपाल बैंक जाने सडकमा धर्नाको लागि बनाएको पालभित्र कुर्सी टेबल राखेर आफ्नो कार्य क्षेत्र बनाएका छन् ।

तर, महानगरपालिकाले फुटपाथ विस्तार गर्न लागेको न्युरोड क्षेत्र भने वडा नम्बर २४ मा पर्छ । यसअघि पनि कार्यपालिका बैठकमा महर्जनले विरोध जनाएका थिए । फुटपाथ विस्तारको काम वडा नम्बर २४मा भएकाले वडा नम्बर २२का वडाध्यक्षले आपत्ति जनाउनुपर्ने विषय नरहेको मेयर बालेन शाहको भनाई छ ।