२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पदीय लेनदेन मिलाउन सत्ता गठबन्धनले चाल चलेको आरोप



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानामाथि लागेको आरोपको खण्डन गरेको छ । आफ्नो पार्टीबाट निर्वाचित उपसभामुख राना गम्भीर विवादमा मुछिएपछि रास्वपाले आज विज्ञप्ति जारी गर्दै औपचारिक धारणा सार्वजनिक गरेको हो ।

रास्वपाले उपसभामुखमाथि लागेको आरोपका विषयमा पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । पुरानो पत्रलाई अहिले अनर्गल प्रचार गरेर कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको जिकिर रास्वपाको छ ।

‘संघीय संसद सचिवालय लगायत अन्य उच्च पदासीन व्यक्तिहरूलाई पहिले नै जानकारी रहेको भनिएको विषयलाई अहिले अनर्गल प्रचार गरिनुमा पक्कै पनि कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ’, रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रास्वपाको छवि धूमिल पार्ने दूषित मनसायबाट छद्भम रुपमा गतिविधि भइरहेको भन्दै झाले यस्ता गलत प्रहारहबाट विचलित नहुने बताएका छन् ।

रास्वपाले रानामाथि यो विवाद झिकेर गठबन्धनले चाल गरेको जिकिर गरेको छ ।

उक्त पत्रबारे पार्टीमा सूचना आएपछि तुरुन्तै सोधखोज गरिएकोमा सिफारिस गरिएका व्यक्ति देश बाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन नसकेको रास्वपाले बताएको छ ।

धेरै राजनीतिक दलका नेताहरूले अन्तर्वार्ता मितिमात्र नभई भिसाकै लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको विज्ञप्तिमा लेखिएको छ ।

उपसभामुखको निष्कलंक र उज्यालो छविकै कारण रास्वपाले उनलाई पहिले सांसद र पछि उपसभामुखको उम्मेदवारका रूपमा प्रस्तुत गरेको रास्वपाको भनाइ छ ।

उपसभामुख रानाले अमेरिकाको भिसाको अन्तर्वार्ताको मिति चाँडो सारिदिन आग्रह गर्दै अमेरिकी दूतावासलाई पत्र लेखेपछि विवादमा आएकी हुन् । उनले ६ जनाको भिसाको अन्तर्वार्ता मिति सारिदिन आग्रह गर्दै उपसभामुखकै लेटरप्याडमा पत्र पठाएकी थिइन् । जुन कानुनविपरित हो ।

यस विषयमा छानबिन गर्न संसद्को राज्य व्यवस्था समितिमा उजुरी परिसकेको छ । सभामुख देवराज घिमिरेले पनि घटनाबारे चासो राखेका छन् ।