४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिंसाग्रस्त बंगलादेशमा अध्ययनरत १७ नेपालीलाई भोलि उद्धार गरी काठमाडौं ल्याइने



अ+ अ-

काठमाडौं । सरकारले हिंसाग्रस्त बंगलादेशमा अध्ययनरत १७ जना नेपाली विद्यार्थीलाई उद्धार गरी भोलि काठमाडौं ल्याउने भएको छ ।

बंगलादेशमा आरक्षण कोटाको विरोधमा आन्दोलन चर्किँदै गएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्र्थीलाई काठमाडौं फर्काउन लागिएको हो । विद्यार्थीका परिवारको माग बमोजिम १७ जना विद्यार्थीहरुलाई काठमाडौँ फर्काईंदै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राति १० बजे सामाजिक सञ्जालमार्फत् विद्यार्थीलाई फर्काउन लागिएको जानकारी दिनुभएको हो ।

विद्यार्थीका अभिभावकहरुले आज प्रधानमन्त्री ओलीसँग भेट गरी विद्यार्थीको उद्धार गरिदिन आग्रह गरेका थिए । त्यही आग्रहबमोजिम भोलि उनीहरुलाई नेपाल फर्काउन लागिएको हो ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ– बंगलादेशको इनाम मेडिकल कलेजमा पढ्ने १७ जनालाई भोलि बिहान ४ बजे ढाका एयरपोर्टमा ल्याएर त्यसपछि काठमाडौं फर्काउने प्रबन्ध गरिएको छ । नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरेको छ ।’