७ श्रावण २०८३, बिहीबार
,
Latest
चार वर्षभित्र विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र भागबण्डा अन्त्य गर्छौंः शिक्षामन्त्री पोखरेल कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन: किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो बाँडिएका विपी, हेपिएका पुष्पलाल देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु त्रिभूवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा (तस्बिरहरु) देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत… ज्येष्ठ नागरिकको अधिकार प्रत्याभुतिका लागि छुट्टै संरचना आवश्यक–न्यायाधीश हरि फुयाँल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामपा प्रमुख विद्यासुन्दर शाक्यसहित १ सयभन्दा बढी जनप्रतिनिधिले पाएनन् कोरोना बीमा



अ+ अ-

काठमाडौं । विभिन्न आकर्षक प्रलोभन देखाएर बीमा कम्पनीले कोरोना संक्रमण बीमा गरे पनि त्यसको भुक्तानी सर्वसाधारण जनताले मात्र होइन जनप्रतिनिधिले समेत रकम पाउन सकेका छैनन् । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहित १ सयभन्दा बढी जनप्रतिनिधिले कोरोना संक्रमण भएपछि बीमा दाबी गरेर निवेदन दिएको दुई महिना बित्दासमेत रकम पाउन नसकेको गुनासो गरेका छन् । दुई महिनाअघि नै काठमाडौं महानगरपालिका प्रमुख तथा कर्मचारीहरुले भुक्तानीका लागि निवेदन दिएको भए पनि अहिलेसम्म रकम पाउन नसकेको गुनासो उनीहरुले गरेका छन् ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार जनप्रतिनिधि र कर्मचारी गरी १ सयभन्दा बढीको बीमा रकम दाबी गरेर बीमा कम्पनीमा बुझाएको भए पनि विभिन्न बहाना बनाएर अहिलेसम्म ४० जनाको मात्रै रकम भुक्तानी गरेको र अन्यको रकम पाउन सकेका छैनन् । महानगरपालिकाले महानगरप्रमुखसहित जनप्रतिनिधि तथा कर्मचारी गरी १ हजार ९ सय ८२ जनाको एकमुष्ट कोरोना संक्रमण बीमा गरेको थियो । कोरोना बीमा गरेकामध्ये १ सयभन्दा बढीलाई कोरोना संक्रमण भएको थियो ।

कोरोना संक्रमण नियन्त्रण तथा जनताको सेवामा लाग्नुपर्ने जनप्रतिनिधि तथा कर्मचारीको मनोबल बढाउनका लागि महानगरपालिकाले संयुक्तरुपमा कोरोना संक्रमण बीमा गरेको भए पनि बीमा रकम पाउन भने अहिले झन्झट बेहोर्नुपरेको कोरोना संक्रमित कर्मचारीहरु बताउँछन् । महानगरले आगामी जेठ २२ गतेसम्म लागू हुने गरेर बीमित व्यक्तिमा पहिलोपटक कोरोना संक्रमण पोजेटिभ भए महानगरपालिकाको सिफारिसमा १ लाख रुपियाँ प्राप्त हुने व्यवस्था गरिएको प्रवक्ता डंगोलले जानकारी दिनुभयो । नेपाल समाचारपत्र दैनिक