४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा घिमिरे



अ+ अ-

काठमाडौँ: नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनित हुनुभएको छ ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले घिमिरेलाई आज प्रमुख सचेतकमा मनोनित गर्नुभएको हो । पार्टीका प्रमुख सचेतक रमेश लेखक गृहमन्त्री भएसँगै घिमिरेले प्रमुख सचेतकको जिम्मेवारी पाउनुभएको हो ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका घिमिरे गत निर्वाचनमा सिन्धुली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

संसदीय दलका नेता देउवाले नेपाली कांग्रेसको संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा १ बमोजिम मनोनयन गर्नुभएको कांग्रेस संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।रासस