२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक अनुशासन, पारदर्शिता र जबाफदेहिता सबैभन्दा महत्वपूर्ण: अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक अनुशासन, पारदर्शिता र जबाफदेहिता सबैभन्दा महत्वपूर्ण रहेको बताउनुभएको छ ।

नेपाल चार्टर एकाउन्टेन्ट संस्थाले आयोजना गरेको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएका पौडेलले राज्यका निकायमा चार्टर एकाउन्टेन्ट नियुक्ति गरी लेखा परीक्षणको व्यवस्था मिलाउनु पर्ने बताउनुभयो । यसका लागि केही समय लाग्ने भए पनि आफूले पहलकदमी लिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पौडेलले अहिले देशमा आर्थिक समस्या देखिएको बताउनुभयो । ‘देशमा जे जस्ता आर्थिक समस्या देखिएका छन्, ती आर्थिक समस्या समाधान गर्दै पछिल्ला दिनमा जुन प्रकारको निराशा देखिएको छ, जुन प्रकारको आर्थिक शिथिलता देखिएको छ, त्यो आर्थिक शिथिलताको अवस्थाबाट मुलुकलाई बाहिर निकाल्नको लागि र निराश चिर्नको लागि लाग्नु पर्ने छ’, उहाँले भन्नुभयो ।

हामी हाम्रो देशलाई समृद्ध बनाउन सक्छौँ, आर्थिक क्षेत्रका यावत समस्याको सार्थक पहलकदमी लिएर समाधान गर्न सक्छौँ भन्ने सन्देश बोकेर काम गर्नुपर्ने पौडेलले बताउनुभयो । ‘हामी सम्मानित नागरिकका हैसियतले दुनियाँका सामनेमा परिचित हुन सक्छौँ भन्ने सन्देश दिने गरी अगाडि बढ्नका लागि हार्दिकतापूर्वक अनुरोध गर्दछु’, उहाँले भन्नुभयो ।

तस्बिर:रासस