२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस–एमाले मिलेर माओवादीलाई घुस खान सिकाएः महासचिव भुसाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर नेकपा (माओवादी केन्द्र) लाई घुस खान सिकाएको टिप्पणी गर्नुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले राजाले बाहिरबाट घुस लिन सिकेको हुनसक्ने भन्दै राजाबाट काँग्रेस—एमालेले घुस खान सिकेको बताउनु भयो । काँग्रेस र एमाले दुवै राजनीतिक दलहरु मिलेर माओवादीलाई घुस खान सिकाएको उहाँको भनाइ थियो । उहाँले नसिक्नुपर्ने कुरा बढी सिक्दा मुलुकले अहिले दुःख पाइरहेको बताउनु भयो ।

उहाँले राजनीतिक दलहरुले जनताको बहुदलीय जनवाद भनेर राज्य दोहनको काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले घुस खान कसरी सिक्यौँ भन्दा राजाले कसरी सिके त्यो परम्परामा सिके । अन्तबाट पनि सिके होलान् । काँग्रेसले राजाबाट सिक्यो । संस्थागत रुपमा भन्ने लाग्छ मलाई ।

हामी एमाले भएर काँग्रेसबाट सिक्यौँ । उनीहरुसँग संगत बढ्दै जाँदा हामीले सिक्यौँ । काँग्रेस र एमाले मिलेर माओवादीलाई घुस खान सिकायौँ । हामीले आफू जस्तै बनायौँ । यो मुलुकले किन दुःख पायो भन्दा यसरी नसिक्नु पर्ने कुरा सिक्यौँ । जनताको बहुदलीय जनवाद भन्यौँ । काम राज्य दोहनकै गर्यौँ ।’

उहाँले (माओवादी केन्द्र) ले २०६२/०६३ मा जनवादी क्रान्ति दाबी गर्नुपर्ने भएपनि नसकेको बताउनु भयो ।




भर्खरै