४ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी छः अर्थमन्त्री पौडेल एरिका ऐतिहासिक स्वर्णनजिक क्यानडा पठाइदिने भन्दै रु १८ लाख बढी ठगी गर्ने पक्राउ मदन भण्डारी रूपान्तरण पुरस्कार रामकृष्ण दुवाललाई नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट हठ त्याग्नुस, संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसक्यो:- कमल थापा युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस–एमाले मिलेर माओवादीलाई घुस खान सिकाएः महासचिव भुसाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर नेकपा (माओवादी केन्द्र) लाई घुस खान सिकाएको टिप्पणी गर्नुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले राजाले बाहिरबाट घुस लिन सिकेको हुनसक्ने भन्दै राजाबाट काँग्रेस—एमालेले घुस खान सिकेको बताउनु भयो । काँग्रेस र एमाले दुवै राजनीतिक दलहरु मिलेर माओवादीलाई घुस खान सिकाएको उहाँको भनाइ थियो । उहाँले नसिक्नुपर्ने कुरा बढी सिक्दा मुलुकले अहिले दुःख पाइरहेको बताउनु भयो ।

उहाँले राजनीतिक दलहरुले जनताको बहुदलीय जनवाद भनेर राज्य दोहनको काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले घुस खान कसरी सिक्यौँ भन्दा राजाले कसरी सिके त्यो परम्परामा सिके । अन्तबाट पनि सिके होलान् । काँग्रेसले राजाबाट सिक्यो । संस्थागत रुपमा भन्ने लाग्छ मलाई ।

हामी एमाले भएर काँग्रेसबाट सिक्यौँ । उनीहरुसँग संगत बढ्दै जाँदा हामीले सिक्यौँ । काँग्रेस र एमाले मिलेर माओवादीलाई घुस खान सिकायौँ । हामीले आफू जस्तै बनायौँ । यो मुलुकले किन दुःख पायो भन्दा यसरी नसिक्नु पर्ने कुरा सिक्यौँ । जनताको बहुदलीय जनवाद भन्यौँ । काम राज्य दोहनकै गर्यौँ ।’

उहाँले (माओवादी केन्द्र) ले २०६२/०६३ मा जनवादी क्रान्ति दाबी गर्नुपर्ने भएपनि नसकेको बताउनु भयो ।